अमेरिकी सेनाको विमान जापानमा दुर्घटना, आठ जनाको मृत्यु

Share
0Shares

टोकियो । जापानको याकुशिमा टापु नजिकै अमेरिकी सेनाको विमान दुर्घटना भएको छ । विमानमा आठ अमेरिकी सैनिक सवार थिए । जापानी कोस्ट गार्डले बीबीसीलाई उद्धारकर्मीहरूले घटनास्थलमा एक व्यक्तिलाई फेला पारेको जानकारी दिएको छ ।

तर उनको श्वास भने चलेको थिएन । सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यममा उक्त विमानको अवशेष याकुशिमामा भेटिएको हुनसक्ने बताइएको छ ।

जापानको सरकारी मिडिया एनएचकेका अनुसार  सीभी२२ ओस्प्रे विमान याकुशिमा एयरपोर्टमा अवतरण गर्न खोजिरहेको बेला बायाँ इन्जिनमा आगो लागेको थियो । यो विमान यामागुची क्षेत्रको इवाकुनी बेसबाट ओकिनावाको काडेना बेसका लागि उडेको बताइएको छ ।

समाचार एजेन्सी रोयटर्सको रिपोर्टका अनुसार जापानका मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले स्थानीय समय अनुसार १४स्४० बजे विमान राडारबाट हराएको बताए। यता कोस्ट गार्डले सात मिनेट पछि विमानबाट एक आपतकालीन सन्देश प्राप्त भएको बताउँदै लगत्तै विमान दुर्घटना भएको जानकारी दिएको छ ।

Share
0Shares
Advertisment