क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर, पिडितलाई नाबालिग अस्वीकार

Share
0Shares

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ ।न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीमाथिको आरोप पुष्टि हुने फैसला गरेको हो ।३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन ।त्यसका लागि फेरि छुट्टै सुनुवाइ हुने छ । न्यायाधीश ढकालको इजलासमै हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।तर अदालतले पीडित नाबालिग भएको स्वीकार गरेन।

शुक्रवार आएको फैसलामा लामिछानेले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (१), (२) र (३) (ङ) बमोजिमको कसुर गरेको ठहर गरिएको छ। नाबालिग अस्वीकार गरेकाले सातदेखि १० वर्षसम्म सजाय हुन्छ।मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ मा कारागार नगई माथिल्लो अदालतमा पुनरावेदनमा जान सक्ने प्रावधान समेत छ।त्यसमा १० वर्षभन्दा कम सजाय भएको मुद्दा हकमा अदालतको अनुमतिमा कैद बाहिर बसेर पुनरावेदन गर्न सक्ने प्रावधान छ।

यसैलाई टेकेर लामिछानेले कैदमा नबसी पुनरावेदनमा जान पाउने दाबी सार्वजनिक भएका छन्। तर बलात्कारको दोषीले सोही कार्यविधि अनुसार दोषीलाई तीन वर्ष बढी सजाय भए  कैदमा नबसी पुनरावेदन गर्न नपाउने प्रस्ट उल्लेख छ।

कार्यविधिको दफा १३७ मा कैदमा नबसी पुनरावेदन गर्न नपाइने कसुरबारे उल्लेख छ। यसमा जन्मकैद, १० वर्षबढिको कैद सजाय पाएकाले कैदमा बसेर मात्र पुनरावेदन गर्न पाउने उल्लेख छ।सोही दफाको (ग) मा अनुसूची १ र अनुसूची २ को कसुरमा कैदमा बसेरमात्र पुनरावेदन दिन पाउने उल्लेख छ।

अनुसूची १ को १७ औँ नम्बरमा मुलुकी अपराध संहिताको परिच्छेद १८ को २१९ को कसुरमा दोषी ठहरिएकाले समेत कारागार बाहिर बसेर पुनरावेदन दिन नपाउने उल्लेख छ।
जिल्ला अदालतले काठमाडौँले लामिछानेलाई अपराध संहिताको परिच्छेद १८ को दफा २१९ अनुसारै दोषी ठहर गरेको हो। सो परिच्छेद करणी सम्बन्धी हो भने दफा २१९ जबरजस्ती करणी सम्बन्धी हो। 

Share
0Shares
Advertisment