विवाहको बहानामा नेपाली यूवतीलाई चीन तस्करी गर्ने फेरी सलबलाए

Share
88Shares

काठमाडौं । विवाहको बहानामा नेपाली यूवतीलाई चीन तस्करी गर्ने फेरी सलबलाउन थालेका छन्। सोझा -साझा नेपाली युवतीहरुलाई नक्कली बिबाह गरि चीन लैजाने र त्यहा अनैतिक कृयाकलापमा लगाईने गरेको बताईएको छ। अझ चीनियाहरुले गरिबीको फाईदा उठाउँदै बुवा – आमालाई रकम दिने गरेको र त्यसको लागी काठमाडौंमा दलालीहरु सक्रिए रहेको स्रोतको दावि छ।

यस अघि पनि विवाहको वहानामा नेपाली युवतीलाई चीन तस्करी गर्ने गिरोह पक्राउ परेको थिए ।नेपाल प्रहरीको मानव बेचबिखनविखन अनुसन्धान ब्युरो, बबरमहल काठमाडौले ६ नेपाली र ४ जना चिनियाँ नागरिक गरी १० जनालाई पक्राउ गर्दै ४ जना पीडित महिलाको उद्धार समेत गरेको थियो।

पक्राउ पर्ने नेपाली नागरिकमा सिन्धुपाल्चोककी रिना तामाङ भनिने बिबिरानी तामाङ, नुवाकोटका रोज तामाङ, लमजुङकी पार्वती गुरुङ, अमृता गुरुङ, भरत तामाङ र उषाकुमार घिमिरे रहेका थिए।त्यस्तै, चिनियाँ नागरिक जिङ सियाङ डोङ, ज्याङ डोङ हुइ, क्वान ज्यान पिङ र क्वीन लियाङ थिए।
चिनियाँ नागरिकले नेपाली युवतीसँग अदालती विवाह गरेर विवाह दर्ता समेत बनाएर चीन लाने गरेको अनुसन्धान बाट खुलेको थियो।

Share
88Shares
Advertisment