
जापानको टोयोटा शहरमा एनआरएनए(NRNA )जापान ,नागोया क्षेत्रीय समिति र तोकाई बाटिका इन्टरनेशनल स्कुल, नागोया (TBIS) विचमा दोश्रो मैत्रिपुर्ण फुटवल प्रतियोगिता सम्पन्न भएको छ।

उक्त खेलको आयोजना जापानको नागोया शहरमा स्थापना भएको तोकाइ वाटिका इन्टरनेशनल स्कुलले गरेको हो। प्रतियोगितामा आयोजक तोकाइ बाटिका इन्टरनेशनल स्कुल प्रतियोगितामा बिजयी भएको छ।

खेलमा उत्कृष्ट खेलाडी तोकाई बाटिकाका आदर्श थापा, ग्रुट सापकोटा र एनआरएनए नागोयाका रोशन गुरुङ्ग भएका थिए।प्रतियोगिता पछि पुरस्कार बितरण कार्यक्रम तोकाई बाटिक इन्टरनेशनल स्कूलका अध्यक्ष डा सुदिप अधिकारीको अध्यक्षता एवं एनआरएनए क्षेत्रीय समिति नागोयाका संयोजक भेषनाथ गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

जापानको नागोया शहरमा नेपालीहरुको संख्या बृद्धि संगै अंग्रेजी, नेपाली, जापनिज भाषामा इन्टरनेशनल स्कूल आवश्यकता महशुस भई स्थापना भएको यस स्कूलले आफ्नो अतिरिक्त कृपाकलाप अन्तगत यो खेलको आयोजना गरेको तोकाई बाटिक इन्टरनेशनल स्कूलका अध्यक्ष डा सुदिप अधिकारीले बताए। यस प्रकारको प्रतियोगिताले नेपाली – नेपाली बिच जोड्ने काम गरेको डा अधिकारीको तर्क छ।

पुरस्कार वितरण तथा समापन कार्यक्रममा प्रवाशी नेपाली मञ्ज , अन्तराष्ट्रिय कमिटि सदस्य डा सरोज कँडेल ,तोकाई बाटिका ईन्टरनेशनल स्कूलका सञ्चालक समितिका सदस्य विमल अधिकारी, एनआरएनए नागोयाका उप – संयोजक समेत रहेका पूर्व बक्सर खेलाडी तथा प्रशिक्षक देव घिमिरे, व्यवशायी डिलाराम खरेल लगाएतले खेलाडीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।




<
Share



