चितवन समाज जापान, क्षेत्रीय समिति नागोयाले पाचौं अधिवेशन संगै खुल्ला अनि निशुल्क (BBQ) आयोजनामा गर्ने

Share
10Shares

चितवन समाज जापान, क्षेत्रीय नागोया आफ्नो पाचौं अधिवेशन संगै खुल्ला अनि निशुल्क वनभोज (BBQ) आयोजनामा गर्ने भएको छ। कार्यक्रम जुलाई ६ तारिक आईतवार दिउसो ११ बजे देखि बेलुका ५ बजे सम्म  Shonai Ryokuchi Park मा आयोजना गरिएको चितवन समाज , क्षेत्रीय समिति नागोयाका उपाध्यक्ष प्रविन कँडेलले बताए।

उक्त सामुहिक भेटघाट एवं खुल्ला तथा निःशुल्क वनभोज (BBQ) लाई आर्थिक संकलन कार्य समिति र चितवन समाज लाई माया गर्ने व्यक्तित्वहरु वाट गरिने चितवन समाज जापान, क्षेत्रीय नागोयाका सचिव सुरेश गिरीले बताए। उक्त कार्यक्रम चितवन समाज जापानले  आयोजना गरे पनि कार्यक्रममा जे कोही पनि उपस्थिति हुन सक्ने चितवन समाज जापान , क्षेत्रीय समिति नागोयाका अध्यक्ष भैरव अधिकारीले बताए। अधिवेशन संगै जापानमा नेपाली – नेपाली विच आत्मियता बढाउन कार्यक्रम आयोजना गरिएको हुदाँ समय मिल्ने सबैलाई कार्यक्रममा उपस्थितिको लागी अधिकारीले अनुरोध गरेका छन्।

Share
10Shares
Advertisment