चितवन ।


जापानी शैलीमा ढुंगामा पोलेर मासुको परिकार पस्किने ‘याप्पारी स्टेक’ले आफ्नो सफल यात्रा सुरु गरेको दुई वर्ष पूरा गरेको छ।नेपालमै पहिलोपटक प्रयोग गरिएको ढुंगामा पोलेको मासुको स्वादका कारण छोटो समयमै लोकप्रिय बनेको याप्पारी स्टेकले हाल भरतपुरमा दुई शाखाबाट सेवा दिइरहेको छ। सुरुमा भरतपुर–१० स्याउली बजारमा सञ्चालनमा आएको रेष्टुरेन्टले उपभोक्ताको माग बढेसँगै पुरानो मेडिकल कलेज रोडमा दोस्रो शाखा विस्तार गरेको हो।
दोस्रो वार्षिकोत्सवको अवसरमा याप्पारी स्टेकले विशेष छुट योजना सार्वजनिक गरेको छ। असार २९, ३० र ३१ गते रेष्टुरेन्टमा आउने उपभोक्तालाई छुट कुपन प्रदान गरिनेछ, जसको प्रयोगले अर्को पटक सेवा लिँदा ५० प्रतिशत छुट प्राप्त गर्न सकिने याप्पारी स्टेकका प्रो. कृष्णमणि पौडेलले जानकारी दिए।रेष्टुरेन्टले समाज सेवामा पनि सक्रियता जनाउने उद्देश्य राखेको बताउँदै वार्षिकोत्सवको अवसरमा इच्छाकामना गाउँपालिकाको विकट बस्तीमा एक दिने स्वास्थ्य शिविर र विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको योजना पनि बनाएको पौडेलले बताए।
“हामी व्यापार मात्र होइन, समाजका लागि पनि केही योगदान होस् भन्ने सोच राख्छौं,” उनले भने, “हामी निकट भविष्यमै भरतपुरको चनौली बजारमा अर्को शाखा थप्दैछौं।”‘याप्पारी स्टेक’मा मुख्य आकर्षणको रूपमा जापानी ढुंगामा पोलेर आफैँ खान मिल्ने मासु परिकार रहेको छ। यो परिकार लामो समयसम्म तातो रहने, स्वादिलो र स्वास्थ्यका लागि लाभदायक हुने भएकाले उपभोक्तामाझ लोकप्रिय बन्न सफल भएको सञ्चालक पौडेलको भनाइ छ।
Share



