✍️कविकिरण न्यौपाने / टोकियो
यो संसारमा धन अनि मन दुबै भएका मानिसहरु धेरै कम हुने गर्छन। त्यसै मध्येका एक हुन् जापानमा कर्मभलो बनाएका ददिवल खड्का । ३ दशक जापानमा बिताई सकेका ददिवल यतिवेला हजुरबुवा भई सकेका छन्। सधै खु :शी देखिने उनि पैसा कमाउनु मात्र ठूलो कुरा होईन, कमाएको बाट सामाजिक कामना पनि खर्च गर्न सक्नु ठूलो कुरा भएको बताउछन्। जापान अनि नेपालमा सामाजिक काममा यथासक्दो सहयोग गरिरहेको छु। जस्मा मलाई आनन्द मिल्छ ,उनि भन्छन -साथी भाई , ईष्ट्रमित्र लाई मात्र गाह्रो पर्दा सापटी दिएको ६ हजार मान जापनिज येन फिर्ता नपाएको बताँछन्। आफ्नो अहिले जापानमा ४ हजार मान जापनिज येन ऋण रहेको उनि सम्झन्छन । मैले सबैलाई विस्वाश गरे, सबैलाई आफु जस्तै सम्झिए तर त्यस्तो होईन रहेछ उनि भन्छन्।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिका अध्यक्ष रहेका ददिवल खड्काले मोना हाउस बनाउन हालै मात्र २५ लाख रुपयाँ सहयोग गरेका छन्। बेनी नगरपालिका वडा नं ७ मंगलाघाटमा बन्ने कार्यकारी समितिको केन्द्रिय कार्यालयका लागि अध्यक्ष खड्काले उक्त सहयोग गरेका हुन्।खड्काको स्थायी घर अन्नपूर्ण गाउँपालिका वडा नं.६ हो। मोनाको अध्यक्षमा निर्वाचित भएपछि खड्काले मोना हाउस र म्याग्देलीलाई प्रत्यक्ष फाइदा हुने उद्योग सञ्चालन गर्ने प्रतिबद्धता थिए। खड्काकै अगुवाइमा बेनी नगरपालिका वडा नं ८ गणेशटोलमा अर्गानिक उत्पादनको खरिद तथा विदेशमा बिक्री गर्ने मोना म्याग्दी डेभलपमेन्ट कम्पनी स्थापना भएको छ । उक्त कम्पनीले म्याग्दीको जडिबुटी, अर्गानिक उत्पादन कृषकबाट खरिद गर्ने, आवश्यकता परेमा कृषकलाई माटो सुहाउँदो उत्पादनका लागि सहयोग गर्ने छ । खड्का भन्छन. करिव २ करोडको लगानीमा हामीले म्याग्दीमा भवन बनाउने प्रयोजनको लागी आफुले शुरुमा आर्थिक सहयोग गरेको बताँउन् । उनि सम्झन्छन , हामीले पछिल्लो समय म्याग्दीमा आर्थिक अवस्था कमजोर र जेहेन्दार विद्यार्थीहरुलाई छात्रावृतिको व्यवस्था गरिएको छ।
जापानमा केहि वर्ष अगाडी एनआरएनएमा जोडिएका ददिवल एनआरएनए सबैको साझा हुन नसकेको तर्क राख्छन्। एनआरएनएले राखेको दोहोरो नागरिकता नै उनलाई मन परेको छैन। उनि भन्छन्, हामीलाई दोहोरो नागरिकताको आवश्यकता नै छैन। हामीले आफुले कमाएको सिप र आर्थिक आफ्नो मातृभूमिको लागी प्रयोग गर्ने हो। केहि समयलाई देश छोड्ने बित्तिकै आफ्नो देशको नागरिकता त्याग्नु पर्छ भन्ने छैन । ददिवलको जापानमा रेष्टुरेन्ट व्यवशाय नेपाली स्कूलमा लगाएत जापान र नेपालमा लगानी रहेको छ।
Share



