यस्तो छ नागढुंगा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क

Share
3Shares

सरकारले नागढुंगा सुरुङमार्ग प्रयोग शुल्क तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोक्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिए । नागढुंगा–सिस्ने खोला सुरुङमार्ग आगामी पुसदेखि सञ्चालनमा आउँदै छ । यो नेपालकै पहिलो सडक सुरुङमार्ग हो । अहिले यसको निर्माण अन्तिम चरणमा पुगेको छ ।

निर्माण अवधि आगामी कात्तिकसम्म छ । ठेक्का लिने निकायले भने दसैंसम्म सबै काम सक्ने दाबी गर्दै आएको छ । ठेक्का प्रक्रियाबाट सुरुङ सञ्चालन गर्ने निकाय छनोट गरेपछि यो सञ्चालनमा आउनेछ ।

      यस्तो छ सुरुङ्ग मार्ग प्रयोग गर्दा लाग्ने शुल्क:-
कार/भ्यान: काठमाडौं आउँदा रु. ६५, जाँदा रु. ६०

मिनीबस/मिनीट्रक: काठमाडौं आउँदा रु.११५,जाँदा रु.८०

बस/ट्रक: काठमाडौं आउँदा रु. २६०, जाँदा रु. २००

भारी उपकरण: काठमाडौं आउँदा रु. ६००, जाँदा रु. २५०

Share
3Shares
Advertisment