यस्तो रह्यो तोकाइ वाटिका इन्टरनेशनल स्कुलको तेश्रो बार्षिक उत्सव

Share
9Shares

नागोया, जापान

तोकाइ वाटिका इन्टरनेशनल स्कुलको तेश्रो बार्षिक उत्सब कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता TBIS का अध्यक्ष डा सुदिप अधिकारी र प्रमुख अतिथि काचुहिसा सुजुकी (नागोया सिटीका पुर्व उप-मेयर) थिए।

कार्यक्रममा एनआरएनए आईसिसिका सचिव पारसमणि पोखरेल,एनआरएनए एनसिसिका महासचिव श्याम शितल , एनआरएनए नागोयाका संयोजक योमन देवान,गोर्खा पिक इन्टरनेशनल स्कुलका अध्यक्ष दिलाराम खरेल,समाज सेवामा कृयाशिल ब्यक्तित्व डा सरोज कंडेल,मोहन खत्री,पत्रकार कविकिरण न्यौपाने,तोकाइवाटिका इन्टरनेशनल स्कुलका निर्देशकहरु, लगानिकर्ताहरु, तोकाइ वाटिका इन्टरनेशनल स्कुलका शिक्षक/शिक्षिकाहरु, अभिभावकहरु लगाएत विद्यार्थीहरुको उपस्थिति थियो।

कार्यक्रमा स्वागत  मन्तव्य प्रधान अध्यापक यादव कुमार भुजेलले रTBIS को बारेमा  शिक्षक बाशुदेव बस्ताकोटीले प्रकास पारेका थिए।

कार्यक्रम संचालन पहिलो सेसन (उद्घाटन समारोह) शिक्षिका अनिता पराजुली थापा र उर्मिला रानाभाटले दोश्रो सेसन  विद्यार्थीहरु प्रशंशा पौडेल र संकल्प पुडासैनीले,तेश्रो सेसन विद्यार्थीहरु रिबाज अधिकारी र आदर्श थापाले,चौथो शेसन (मिस TBIS) सञ्चालन शिशिकाहरु रोजीना अधिकारी र उर्मिला रानाभाटले गरेका थिए।मिस TBIS प्रतियोगितामा (प्रथम)बिजेता खुसी गौतम ,फष्ट रनरअप प्रिशु पन्त, सेकेन्ड रनरअप श्रेया गिरी भए।

मिस TBIS को प्रायोजकहरुमा बिजेताको द पायोनिएर का CEO शुरेशचन्द्र उपाध्याय फष्ट रनरअपको लेक सिटिका CEO शुशिल पौडेल,सेकेन्ड रनरअपको हलाल बजार ओजोनेका CEO बिमल अधिकारी थिए । कार्यक्रममा बिबिध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

Share
9Shares
Advertisment