जापानको नागोया शहरमा होली विशेष कार्यक्रम हुने

Share
50Shares

नागोया, जापान ।

तराई कम्युनिटी जापानको आयोजनामा नेपालीहरूको राष्ट्रिय पर्व होली विशेष कार्यक्रम “Holi Festival in Nagoya 2026” आयोजना हुने भएको छ। गत वर्षदेखि सुरु गरिएको उक्त कार्यक्रम यस वर्ष दोस्रो संस्करणका रूपमा अझ थप उत्साह र भव्यताका साथ सम्पन्न गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार कार्यक्रम नेपाल–जापान सांस्कृतिक आदान–प्रदानलाई प्रवर्द्धन गर्ने, नेपाली कला–संस्कृति झल्काउने तथा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यका साथ सञ्चालन गरिनेछ। साथै, नागोया सिटी तथा जापान सरकार अन्तर्गतका सम्बन्धित निकायहरू सँगको सहकार्यमा कार्यक्रम सम्पन्न गरिने  तराई कम्युनिटी जापानका सचिव बिशेक कुमार यादवले बताए । कार्यक्रम आगामी २०२६ फेब्रेवरी २८ तारिख मा आयोजना हुनेछ। बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रम नागोया सिटी हल  (名古屋市役所本庁舎前広場) मा हुने तय गरिएको छ।

तराई कम्युनिटी जापानले कार्यक्रममा आर्थिक, नैतिक तथा आपसी सहयोगको अपेक्षा राख्दै जापानमा रहेका नेपाली समुदाय, स्थानीय संघ–संस्था तथा सरोकारवाला निकायलाई सहभागिताका लागि आग्रह गरेको छ।आयोजक संस्थाका अध्यक्ष विकास कुमार साहले कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण नेपाली समुदायको साथ र सहयोग आवश्यक रहेको बताएका छन्।

Share
50Shares
Advertisment