टोकियो/जापान


जापानमा क्रियाशील नेपाली पत्रकार तिलक मल्ललाई ‘प्रवास पत्रकारिता पुरस्कार २०२६’ प्रदान गरिएको छ ।जापानमा रहेर नेपाली पत्रकारितामा निरन्तर योगदान पुर्याउँदै आएका मल्ललाई नेपाल पत्रकार महासंघ जापान शाखाले १५ औँ स्थापना दिवसको अवसरमा उक्त पुरस्कार प्रदान गरेको हो ।

सन् १९९९ देखि पत्रकारितामा सक्रिय रहँदै आएका मल्लले जापानको टोकियोमा रहेर समुद्रपारि डटकम सञ्चालन तथा प्रकाशन गर्दै आएका छन् ।मल्ललाई कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूतावास जापानका कार्यबाहक राजदूत हरीहर कान्त पौडेलले नगद ५० हजार येन तथा सम्मान पत्र प्रदान गरेका थिए ।पत्रकारिता मार्फत नेपाली समुदायका आवाज, समस्या, गतिविधि र प्रवास जीवनका विविध पक्षलाई निरन्तर उजागर गर्दै आएका मल्ल पत्रकार महासंघ जापान शाखाका संस्थापक अध्यक्ष समेत हुन् ।

पत्रकार महासंघ जापान र फोरेक्स जापानबीच प्रवास पत्रकारिता पुरस्कारका लागि तीन वर्षे प्रायोजन गर्ने सहमति भएको पत्रकार महासंघ जापानका अध्यक्ष रवीन्द्र श्रेष्ठले जानकारी दिए ।
Share



