जापानवाट छिटो अनि सुरक्षित रकम पठाउन “येहे रेमिट” संञ्चालमा

Share
0Shares

टोकियो

जापानमा रहेका नेपाली तथा अन्य विदेशी समुदायलाई लक्षित गर्दै नयाँ रेमिट्यान्स सेवा “येहे रेमिट” को औपचारिक उद्घाटन गरिएको छ।टोकियोको आकिहाबारास्थित इन्टर एक्ट बिल्डिङमा आयोजित कार्यक्रममा उक्त सेवाको शुभारम्भ गरिएको हो।आधुनिक डिजिटल प्रविधिमार्फत छिटो, सुरक्षित तथा सहज रूपमा रकम पठाउने उद्देश्यसहित सञ्चालनमा आएको येहे रेमिटले जापानमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै सेवा सुरु गरेको जनाएको छ। कार्यालयको उद्घाटन समारोहमा गैरआवासीय नेपाली संघ आईसीसीका उपमहासचिव पारसमणि पोखरेल, सचिव शिव प्रसाद पौडेल, एसिया प्यासिफिक संयोजक दिपक कंडेल, एनसीसी जापानका अध्यक्ष सुभाष लामिछाने, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष रविन्द्र श्रेष्ठ लगायत विभिन्न नेपाली समुदायका प्रतिनिधि, व्यवसायी, समाजसेवीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

उद्घाटन समारोहमा सेवासम्बन्धी प्रस्तुति, अन्तरक्रिया तथा विशेष सुविधाबारे जानकारी गराइएको थियो। कार्यक्रममा बोल्दै येहे रेमिटका कार्यकारी निर्देशक नबिन निउरेले विदेशमा रहेका आप्रवासीहरूको आवश्यकता र समस्यालाई केन्द्रमा राखेर सेवा सञ्चालन गरिएको बताए।कम्पनीका अनुसार जापानमा रहेका नेपालीहरूले परिवारलाई रकम पठाउँदा भोग्दै आएका ढिलो प्रक्रिया, झन्झटपूर्ण प्रणाली तथा उच्च शुल्कजस्ता समस्यालाई समाधान गर्ने उद्देश्यसहित सेवा सुरु गरिएको उल्लेख छ।

येहे रेमिटले आधुनिक प्रविधिको प्रयोग मार्फत सुरक्षित, भरपर्दो तथा प्रयोगमैत्री सेवा उपलब्ध गराउनेछ। जापानबाट नेपाल सहज रूपमा रकम पठाउन सकिने तथा इसेवा सँगको सहकार्यमा नेपालमा रकम प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।कार्यक्रममा सहभागीहरूले येहे रेमिटलाई समय सापेक्ष तथा समुदायको आवश्यकता अनुसार सुरु गरिएको उपयोगी सेवाका रूपमा टिप्पणी गरेका थिए।कम्पनीका अनुसार भविष्यमा सेवा विस्तार गर्दै रेमिट्यान्स क्षेत्रलाई अझ प्रभावकारी, सुरक्षित तथा समुदायमैत्री बनाउने योजना रहेको छ।

Share
0Shares
Advertisment