जापानमा करिब २१५ किलो लागूऔषध तस्करी गरेको आरोपमा २ नेपाली सहित ३ जना पक्राउ परेका छन् । प्रहरीले बरामद लागूऔषधको मूल्य करिब ११ अर्ब ४० करोड येन रहेको जनाएको छ ।
पक्राउ पर्नेमा ऐची प्रिफेक्चरका गिरी कृष्ण र भण्डारी सागर रहेका जापनिज सञ्चार माध्यमहरुले जनाएका छन्।। उनीहरूले UAE बाट कोबे बन्दरगाह हुँदै लागूऔषध जापान ल्याएको आरोप लागेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।





