गोरखापत्र संस्थानका प्रमुख व्यवस्थापक केशवराज खनालसंग जापानको नागोयामा NRNAको‘Meet & Greet’ कार्यक्रम

Share
0Shares

नागोया /जापान

जापानको नागोयामा नेपाली समुदायबीच विशेष अन्तरक्रिया तथा सम्मान कार्यक्रम “Meet & Greet”  भएको छ। कार्यक्रममा नेपालबाट जापान आगमन भएका गोरखापत्र संस्थानका प्रमुख व्यवस्थापक अध्यक्ष केशव राज खनालको विशेष उपस्थिती रहेको थियो।कार्यक्रममा विभिन्न सामाजिक संस्था, व्यवसायी, पत्रकार तथा नेपाली समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा वक्ताहरूले नेपाल–जापान सम्बन्ध, प्रवासमा नेपाली समुदायको भूमिका, सञ्चार क्षेत्रको वर्तमान अवस्था तथा नेपाली भाषाको संरक्षणबारे आफ्ना धारणा राखेका थिए।

कार्यक्रमको आयोजना एनआरएनए जापान क्षेत्रीय समिति नागोयाले आयोजना गरेको हो। सहभागीहरूले अतिथिसँग प्रत्यक्ष भेटघाट गर्दै अनुभव आदान–प्रदान गरेका थिए। कार्यक्रम एनआरएनए जापान क्षेत्रीय समिति नागोयाका संयोजक योवन देवानको अध्यक्षता एवं एनआरएनए जापान क्षेत्रीय समिति नागोयाका सहसचिव सरोज वडालले सञ्चालन गरेका थिए।

कार्यक्रम एनआरएनए जापान क्षेत्रीय समिति नागोयाका निवर्तमान संयोजक भेषनाथ गौतम, नेपाली मिडिया सेन्टर जापानका संस्थापक अध्यक्ष कविकिरण न्यौपाने , तोकाई बाटिका इन्टरनेशनलन स्कूलका निर्देशक सुरेशचन्द्र उपाध्याय , एनआरएनए अभियन्ता दिपक कार्की, एनआरएनए जापानका महासचिव श्याम शितल लगाएतले गोरखापत्र संस्थानका प्रमुख व्यवस्थापक केशव राज खनाललाई खादा लगाई स्वागत गरेका थिए।

Share
0Shares
Advertisment