नागोया / जापान
जापान नागोया शहरमा हुने एसियन गेम्सका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय नेपाली क्रिकेट टोलीको अन्तिम नामावली घोषणा गरिएको छ ।नेपाल क्रिकेट संघ (क्यान)ले ऐरीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलिमा ऐरीसँगै रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुल्सनकुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल रहेका छन् ।एसियन गेम्सअन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तान र आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछ । नेपाली टोलीको टिम लिडरमा पूर्वराष्ट्रिय क्रिकेट खेलाडी विनोद दास रहेका छन् । मुख्य प्रशिक्षकमा स्टुअर्ट ल, रहेका छन् ।
नेपालले एसियन गेम्समा क्रिकेटमार्फत राम्रो प्रदर्शन गर्ने लक्ष्यसहित टोली तयार गरेको क्यानले जनाएको छ । खेल आउँदो असोज ३ देखि १८ गतेसम्म जापानको आइची केन नागोयामा आयोजना हुँदैछ ।
Share



