क्षयरोगसम्बन्धी स्थलगत अध्ययन कार्य अन्तिम चरणमा

Share
0Shares

काठमाडौं । नेपालमा पहिलो पटक ५५ जिल्लाका ९९ क्षेत्र (क्लस्टर)मा ५७ हजार ६१० व्यक्तिमा कागजविहीन प्रविधिमा आधारित भई गरिएको सो रोगको स्थलगत अध्ययनको ८० प्रतिशत कार्य पूरा भएको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ । सर्वेक्षणले विशेषगरी क्षयरोगीका बिरामी पत्ता लगाउने दर, क्षयरोग उपचारको अवस्था, क्षयरोग व्यवस्थापनका कार्यक्रमको अवस्था, क्षयरोग निवारणका चुनौती, क्षयरोग निको पार्न प्रयोग हुने औषधिको उपयोगिता जस्ता महत्वपूर्ण क्षेत्रमा नयाँ दिशा (इण्डिकेटर) पत्ता लगाउने अपेक्षा गरिएको छ ।

केन्द्रका निर्देशक डाक्टर भीमसिंह तिङ्करीले अगामी दिनमा क्षयरोगका कार्यक्रमलाई थप प्रभावकारी बनाउन स्थलगत अध्ययन कार्यको नतिजाले कोशेढुङ्गाको काम गर्ने बताउनु भयो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा प्रत्येक वर्ष ४५ हजार नयाँ क्षयरोगीका बिरामी थपिन्छन् । नेपालमा क्षयरोगीका बिरामी पत्ता लगाउने दर प्रतिलाख ११२ रहेको छ ।

हालै जारी भएको जनस्वास्थ्य ऐन २०७५ मा निजी अस्पतालले क्षयरोगका बिरामीको अनिवार्य तथ्याङ्क स्वास्थ्य मन्त्रालयलाई दिनुपर्ने प्रावधान छ ।

Share
0Shares
Advertisment