दक्षिण कोरिया भीषण डढेलो, एक व्यक्तिको मृत्यु

Share
0Shares

दक्षिण कोरिया सरकारले देशको उत्तरपूर्वी क्षेत्रको जंगलमा सल्किएको डढेलोका कारण तटीय क्षेत्रका पाँचवटा शहर नराम्रोसँग प्रभावित भएपछि राष्ट्रिय प्रकोपको घोषणा गरेको छ। डढेलोका कारण एक जनाको मृत्यु हुनुका साथै अन्य ११ जना घाइते भएका छन्।

राष्ट्रिय राजधानी सोलबाट करिब २ सय १० किलोमिटर उत्तरपश्चिममा रहेको जंगलमा बिहीबारबाट आगलागी शुरु भएको थियो। तीव्र हावाहुरीका कारण जंगलको डढेलोले करिब दुई सय ५० हेक्टर वन क्षेत्र ध्वस्त भएको छ । एक सय २५ वटा घरमा क्षतिग्रस्त भएका छन्। दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले राष्ट्रिय प्रकोप व्यवस्थापन निकायसँग छलफल गरेका थिए। उहाँले उपलब्ध साधन र स्रोतको अधिकतम प्रयोग गरी डढेलो नियन्त्रण गर्न आदेश दिएका छन्। तीव्र बेगको हावा र अँध्यारोका कारण अग्निनियन्त्रकहरूलाई डढेलो नियन्त्रणको काममा कठिनाई उत्पन्न भएको बताइएको छ। डढेलो नियन्त्रणका लागि दश वटाभन्दा बढी हेलिकोप्टर प्रभावित क्षेत्रमा पठाइएको छ। उद्धार कार्यमा १० हजारभन्दा बढी अग्नि नियन्त्रक, सुरक्षाकर्मी र अन्य उद्धारकर्मी परिचालन गरिएको छ।

Share
0Shares
Advertisment