काठमाडौँ — दीपेन्द्र लामाको निर्देशनमा तयार ‘नाङ्गो गाउँ’ को सोमबार टिजर सार्वजनिक गरिएको छ । दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्मको टिजरमा चुनावी सन्दर्भमा गाउँघरमा हुने चर्चा देख्न सकिन्छ ।
फिल्ममा दयाहाङ शिक्षक र शिशिर बाङ्देल नेताको भूमिकामा देखिन्छन् । फिल्मको कथावस्तु मुख्यतः यी दुई पात्र वरपर घुम्ने जनाइएको छ । फिल्ममा मिरुना मगरले दयाहाङकी पत्नीको च

फिल्ममा कमलमणि नेपाल, रवीन्द्र झा, बुद्धि तामाङ, विशाल पहारी, राज थापा, अंकित खड्का, निमा पाण्डे, शिशिर तामाङ, श्रद्धा गिरी, ज्ञानुभाइ जोशी, पुष्कर गुरुङ, केशव राई, सविन बास्तोला, रामकाजी घिमिरे, गणेशप्रसाद पौडेल, शंकर आचार्य, इस्तु कार्कीलगायत कलाकारले अभिनय गरेका छन् ।
फिल्म भदौ २९ गतेदेखि सार्वजनिक प्रदर्शन हुँदै छ । लामाको निर्देशनमा यसअघि ‘घामपानी’, ‘छ माया छपक्कै’ लगायत फिल्म बनिसकेका छन् । जय श्रेष्ठको लगानीकर्ता रहेको ‘नाङ्गो गाउँ’ को प्रस्तुतकर्ता हिमाल शर्मा हुन् । रामहरि श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन् । आलोक शुक्लाले खिचेको फिल्म बनिश शाहले सम्पादन गरेका हुन् ।
Share



