टोकियोमा नेपाल फेष्टिबल सम्पन्न, फुकुओकामा हुँदै

Share
44Shares

जापान / जापानको राजधानी टोकियोमा यहि जुलाई ३० र ३१ तारिख आयोजना गरिएको नेपाल फेस्टिबल सम्पन्न भएको छ । फेष्टिबलमा प्रमुख अतिथिका रुपमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले उदघाटन गरेका थिए । उदघाटन कार्यक्रममा जापानको परराष्ट्र मन्त्रालय दक्षिण एशिया महाशाखाका अधिकारी कानो ताकेहिरोर्ड ,नाकानोका मेयर साकाई नाओतो, इभेन्ट पार्टनर साहो स्युइची लगायतका जापनिज अतिथिहरुको सहभागिता थियो।कार्यक्रममा जातजातिका सँस्कृति झल्काउने भेषभूषा, बाजागाजा सहितको झाँकी, नृत्य तथा अन्य साँगीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

जापानमा नेपाल र नेपालीको पहिचानको प्रबर्द्धन गर्ने, नेपाली उत्पादन तथा सेवाको प्रचारप्रसार गर्ने र नेपालको पर्यटन प्रबर्द्धनलाई जापानमा बिस्तार गर्ने लगायतका उद्देश्यले फेष्टिवल आयोजना गरिएको आयोजक संस्था एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले बताए । २००७ देखि जापानमा हुँदै आएको नेपाल फेस्टिबलको यो १२ औं संस्करण हो । कोभिडका कारण बितेका केही वर्ष भने फेस्टिबल हुन सकेको थिएन िजापानमा कोभिट संक्रमण बढि रहेका बेला स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर फेष्टिबल आयोजना गरिएको हो ।

फेस्टिबल अबधीभर नेपाली तथा जापानी ब्याण्ड तथा कलाकारहरुको लाइभ कन्सर्ट, फुड प्रतियोगिता, छात्रवृत्ति वितरण गरिएको एनआरएनए जापानका उपाध्यक्ष राजकुमार अधिकारीले बताए। नेपाल र जापानका बिचमा स्थापित दैत्य सम्बन्धलाई प्रगाढ पार्दै नेपालको मौलिक पहिचानलाई जापानी समुदायका बिचमा परिचित गराइ नेपालमा जापानी पर्यटकहरूको बढ़ावा दिन, नेपाली खाना नेपाली पहिरन नेपाली प्रस्तुतीसँगै नेपालको संस्कृतिबारेमा जानकारी दिने स्टलहरू राखिएका एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठले बताए ।

यस लगतै जापानको फुकुओकामा आगामी अगष्ट ६ मा र नागोयामा आगामी सेप्टेम्बर ३ र ४ मा नेपाल फेस्टिबल आयोजना गरि तयारी तिब्र पारिएको छ। एनआरएनए आईसिसि सदस्य समेत रहेका जापानको नागोया शहरमा हुने फेष्टिबलका संयोजक दिपक कार्कीले फेष्टिबल सम्पन्न गर्न सबैको सहयोगको अपेक्षा गरेका छन्।

Share
44Shares
Advertisment