टोकियोमा नेपाली फेष्टिवल हुँदैं

Share
0Shares

जापान । टोकियोमा नेपाल र नेपाली चिनाउन नेपाल फेस्टिवलको आयोजना हुने भएको छ। जुलाई २२ र २३ तारिख आयोजना गर्न लागिएको नेपाल फेस्टिवल २०२३ को तयारी तिब्र पारेको बताइएको छ ।नेपाली राजदूतावास जापान र गैरआवासीय नेपाली संघ जापानको संयुक्त आयोजनामा हुन लागेको फेस्टिवलको तयारी तीव्र बनाएको हो ।

फेस्टिवल आयोजनाको लागि नाकानोको शिकी नो मोरी पार्क व्यवस्थापन, नाकानो सिटि प्रशासन सहित फोहोर व्यवस्थापन लगायत सरोकारवाला निकायसँग छलफल सहित काम अघि बढाइएको एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेलले बताए।नेपाल फेस्टिवल मुल आयोजक समितिका संयोजक समेत रहेका पौडेलका अनुसार फेस्टिवलका लागि आवश्यक समितिहरु गठन अन्तिम चरणमा पुगेको छ l

प्रमुख समितिहरुमा जिम्मेवारी बाँडफाँड गरिएको छ ।
जस अनुसार फेस्विल मुल आयोजक समितिको उपसंयोजकमा संगिता अधिकारी (सुवेदी )र सचिवमा सिद्धार्थ श्रेष्ठ चयन भएका छन्।
आर्थिक व्यवस्थापनमा नविन न्यूरे र स्टल व्यवस्थापन सहित प्रचार प्रसारको जिम्मेवारी सुभास लामिछानेलाई दिइएको छ।

Share
0Shares
Advertisment