चितवन समाज जापानको समिति बिस्तार

फुकोओकामा पनि क्षेत्रीय समिति बिस्तार गरिने

Share
24Shares

टोकियो / जापान

चितवन समाज जापानको समिति बिस्तार गरिएको छ। चितवन समाज जापानको कार्यसमितिको बैठकले समिति बिस्तार गरेको हो। समाजका अध्यक्ष ईश्वरीप्रसाद कँडेलका अनुसार बैठकले समाजको संरक्षक, सल्लाहकार र कार्य समितिमा सदस्य समेत चयन गरेको छ। त्यस्तै फुकोओकामा चितवन समाज जापानको क्षेत्रीय समिति गठन गर्ने निर्णय भएको समाजका सचिव अनुँपराज कँडेलले बताए। समाजमा चयन भएका संरक्षकहरुमा संस्थापकहरु अरुणकुमार श्रेष्ठ, भूषण घिमिरे पूर्व अध्यक्ष लोकनाथ ओस्ती, पूर्व अध्यक्ष डा सरोज कँडेल र निर्वामान अध्यक्ष राजनकुमार श्रेष्ठ रहेका छन्।

त्यस्तै समाजका सल्लाहकारहरुमा जापानमा प्रतिष्ठित एवं व्यवशायमा लागेका व्यक्तित्वहरु रहेका चितवन समाज जापानका उपाध्यक्ष रामु खरेलले बताए। समाजका सल्लाहकारहरुमा ओम गुरुङ्ग , डा सुदिप अधिकारी, आत्माराम गैरे, तुल्सीराम खरेल, टंकप्रसाद गैरे, मुक्तिराम खरेल, हरिप्रसाद पोखरेल, डिलाराम खरेल र विष्णुप्रसाद घिमिरे रहेका छन् । अन्य सल्लाहकारमा नारायण प्रसाद सुवेदी, मनोज घले , नरवहादुर थापा , हरि सापकोटा र राजेन्द्र जम्मरकट्टेल चयन भएका छन्। नयाँ थप गरिएका कार्य समिति सदस्यमा भने यम अछामी (नेपाली) , टिका शर्मा ( कोपिला ), कोपिला बुढाथोकी र मञ्जु बस्ताकोटी रहेका छन्।

चितवन जिल्लालाई हरेक दृष्ट्रिकोणले परिचित गराउन चितवनको चिनारी सम्बन्धी पुस्तक प्रकाशन गर्न चितवन समाज जापानका महासचिव कविकिरण न्यौपाने संयोजक रहने गरि प्रकाशक समिति समेत गठन भएको बताईएको छ। त्यस्तै जापानमा रहेका हरेक नेपाली बिच भाईचारा बढाउन समाजका उपाध्यक्ष प्रदिप खरेलको संयोजकत्वमा पिकनिक कार्यक्रम आयोजना गरिने बैठकले निर्णय गरेको समाजका सचिव बिनोदकुमार सापकोटाले बताए।

Share
24Shares
Advertisment