यस्तो छ जापानका नेपालीको दशैं

Share
18Shares

आयु द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राघवे ,
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते,
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।

उक्त शोलोक दशैंमा टिका ग्रहण गर्दा दिइने आर्शिवाद हो , जस्को अर्थ हुन्छ ,द्रोण पुत्रको जस्तो आयू होस्, राजा दशरथको जस्तो कीर्ति होस्, रामको जस्तो अजात सत्रुत्व हरणको क्षमता होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायूको जस्तो गति होस्, दूर्योधनको जस्तो मान होस् । सूर्य पुत्र झै दानी होस्, भीमको जस्तो वल होस्, युधिष्ठिर जस्तो सत्यवान होस्, विदूरको जस्तो ज्ञान होस्, नारायणको जस्तो कृति होओस् ।

दशैंका बेला मान्यजन बाट दिइने यस्ता आर्शिवाद बिदेशमा पनि ” बर्मा गए पनि कर्म संगै भने झैं भने जस्तै जापानमा पनि गुञ्जिएको देख्न सकिन्छ। त्यसो त जापानमा पछिल्लो तथ्याङ्ग अनुसार नेपालीको संख्या १ लाख ५० हजार नाघी सकेको छ। २०२३ को जुन महिनाको तथ्यांक अनुसार जापानमा १ लाख ५६ हजार ३ सय ३३ नेपाली पुगेको तथ्यांक सार्वजनिक भएको छ। हाल टोकियोमा धेरै नेपालीहरुको बसोबास रहेको छ । त्यसपछि क्रमशः आइची प्रान्त, चिबा, कानागावा, फुकुओका र साइतामा नेपालीहरु ठूलो संख्यामा बसोबास गर्छन् ।

व्यस्त जिवनशैली रहेको जापानमा धेरै नेपालीले दशैंमा बिदा मिलाउने गरेको पाईन्छ। कतिपय नेपाली विद्यार्थीहरु अध्ययन गर्ने कलेजले समेत दशैंको बेला विदा दिने गरेका छन्। जापानको नागोया शहरमा रहेको Nagoya AIUEO International School मा कार्यरत शिक्षक किरण तिवारीका अनुसार उनि कार्यरत उक्त स्कूलमा नेपालीको संख्या बढि भएकोले दशैं मनाउनकै लागि टिकाको दिन र भोलि पल्ट स्कूलनै बिदा रहने बताए।

लामो समय नेपाल बसेर पुनः जापान आएका नेपाल पत्रकार महासंघ जापान शाखाका संस्थापक सचिव हरिप्रसाद पोखरेल यतिबेला जापानमै दशैं मनाउने चाजोपाजो मिलाएका छन्। जापानमा रहेका आफन्त अनि साथीहरु संग यसपालि दशैं मनाउने उनको योजना छ। जे जस्तो भए पनि चाडवाडमा आफ्नैं मातृभूमिमा रमाईलो हुने पोखरेल बताँउछन्। एनआरएनएको ११ औं महाधिवेशन ३० असोज देखि ३ कात्तिक सम्म (१७ अक्टोबर देखि २० अक्टोबर, २०२३) काठमाडौंमा भएको हुदाँ एनआरएनएमा लागेका धेरै यतिबेला नेपालमा नै छन्। उनिहरु एनआरएनए महाधिवेशनमा सहभागी संगै नेपालमा नै दशैं मनाउने छन्। गत वर्ष जापानमा नै दशैं मनाए पनि एनआरएनए सम्मेलन पछि नेपालमा नै दशैं मनाउने एनआरएनए एशिया प्यासिफिकका उप – संयोजकका उमेदवार दिपक कार्कीले बताए।

जापानमा परिवार, साथीहरु एवं संस्थागत रुपमा पनि दशैं मनाउने तयारीमा नेपालीहरु जुटेका छन्। नेपालीले सञ्चालन गरेका माछा – मासु एवं खाध्यनका पसलहरु पनि यतिवेला भिडभाड देखिन्छन् ।

Share
18Shares
Advertisment