जापान। विभिन्न पेशा व्यवसाय र अध्ययनका शिलशिलामा जापानमा रहेका जापानवासी स्याङजालीहरुको संस्था स्याङजा समाज जापानको छैठौं अधिवेशन मार्च २६ तारिक हुने भएको छ ।विविध उदेश्य र लक्ष्यसहित परदेशिएका जिल्लावासीहरुको सुख दु:खमा हातेमालो गर्दै अगाडी बढ्ने उदेश्यले सन् २०१२ मा स्थापित भएको समाज हालसम्म नागोया, सिजुओका र फुकुओका गरि जापाननका धेरै ठाउँहरुमा ईकाई समितिहरु सक्रिय छन् । ईकाई समितिहरुले पनि केन्द्रको अधिवेशन अघि नै अधिवेशनको मिति तोकि तयारी तिब्र पारेका छन्।
फेब्रुवरी महिनाभित्र सबै ईकाईहरुको अधिवेशन गरेर मार्च महिनामा केन्द्रको अधिवेशन गर्ने तयारी रहेको छ। सोही अनुसार नागोया क्षेत्रिय समितिको अधिवेशन फेब्रुवरी २३ तारिख गर्ने समाजका महासचिव वेद कार्कीले बताए ।
समाजका अध्यक्ष धुर्व ज्ञवालीको संयोजकत्वमा गठन भएको अधिवेशन समितिले समाजका सल्लहकार पितम्बर चापागाईको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको बताइएको छ । त्यसैगरि समाजका संस्थापक अध्यक्ष जिवन न्यौपानेको संयोजकत्वमा विधान संशोधन समिति पनि गठन गरेको छ ।
समाजको साधारण र आजीवन सदस्य १२ महिना नै खुल्ला रहेकाले उक्त अधिवेशनमा सहभागी भई समाजमा जोडिनको लागि सम्पूर्ण जापानवासी स्याङजाली दाजुभाई तथा दिदीवहिनी सबैलाई अध्यक्ष एवं अधिवेशन संयोजक धुर्व ज्ञवालीले अनुरोध गरेका छन्।





