वरिष्ठ पत्रकार नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन

Share
0Shares

नागोया / जापान

    वरिष्ठ खेल पत्रकार नवीन अर्यालको बहुप्रतिक्षित पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानको नागोया शहरमा विमोचन भएको छ। अर्यालको पुस्तक जापानका लागि नेपाली कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले एक समारोहकाबिच विमोचन गरे। उक्त अवसरमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का वरिष्ठ उपाध्यक्ष रोविनप्रसाद गौचन, नेपाल सफ्ट टेनिस सङ्घका अध्यक्ष तथा अन्तर्राष्ट्रिय सफ्ट टेनिस सङ्घका मानार्थ अध्यक्ष विनय विक्रम शाह, पूर्वकराते खेलाडी देव घिमिरे, आइएसकेएका विश्व च्याम्पियन अविरल घिमिरे, मोना आइसीसी उपाध्यक्ष दीपक केसी, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानका महासचिव श्याम सितल श्रेष्ठ, एनआरएनए जापान नागोया क्षेत्रीय समितिका संयोजक योमन देवानको उपस्थिति थियो।
    विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तक बारे आफ्नो धारणा व्यक्त गर्दै कार्यवाहक राजदूत पौडेलले भने, ‘नवीन अर्यालको पुस्तकको माध्यमबाट नेपाल र जापानबिचको सम्बन्ध बुझ्न सहज हुनेछ । जापानसँग हाम्रो कूटनीतिक सम्बन्ध स्थापना हुनुभन्दा पाँच वर्ष अगाडि नै खेलमार्फत हामी जोडिसकेका थियौँ भन्ने जानकारी यही पुस्तकबाट थाहा पाए।’ कार्यक्रममा एनआरएनएका वरिष्ठ उपाध्यक्ष शेरचनले पुस्तकमार्फत नेपाल–जापानको खेल सम्बन्ध बुझ्ने अवसर पाएकोमा लेखक अर्याललाई विशेष धन्यवाद दिए । उनले अर्यालको पुस्तक नेपालका लागि मात्र नभएर जापान सरकारलाई लागि पनि उत्कृष्ट दस्ताबेज भएको बताए ।‘जापानमा बसिरहेका हामी नेपालीहरूलाई नेपाल–जापानबिचको खेल सम्बन्ध उजागर गराइदिनुभएकोमा लेखक अर्याललाई धन्यवाद भन्न चाहन्छु। पुस्तकमा दुई देशको मित्रतालाई खेलकुदको माध्यमबाट उजागर गर्न खोजिएको छ,’ उनले भने । नेपाल र जापानबिच ७५ वर्षअघि खेल सम्बन्ध स्थापना भएको थियो। यही तथ्यलाई लेखक अर्यालले आफ्नो पुस्तकमा समावेश गरेका छन् ।

 

Share
0Shares
Advertisment