नेपाल सरकार द्धारा जापानका लागि जिज्ञान कुमार थापा सहित १३ देशका लागि राजदूत सिफारिस

Share
0Shares

टोकियो / जापान

नेपाल सरकारले जापानका लागि नेपाली राजदूतमा जिज्ञान कुमार थापालाई सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले थापासहित विभिन्न १३ देशका लागि राजदूत नियुक्तिको सिफारिस गर्दै संसदीय सुनुवाइका लागि संघीय संसद् समक्ष पठाउने निर्णय गरेको हो। जापानमा लामो समयदेखि रहँदै आएका थापा नेपाल–जापान सम्बन्धका विभिन्न क्षेत्रमा सक्रिय व्यक्तिका रूपमा परिचित छन्। उनले योकोहामा नेसनल युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा कानुनमा स्नातकोत्तर (M.A.) तथा शुमेई युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातक (B.A.) गरेका छन्।थापा कानागावा इन्टरनेसनल फाउन्डेसनमा समेत आबद्ध रहेर काम गरेका छन्। साथै, जापानी स्थानीय सरकार, JICA, UNICEF लगायतका निकाय तथा जापानस्थित नेपाली समुदायसँग सम्बन्धित विभिन्न क्षेत्रमा काम गरेको अनुभव रहेको विवरण सार्वजनिक भएका छन्।

उनी गैरआवासीय नेपाली संघ जापानका पूर्व महासचिव तथा जापानस्थित नेपाली विद्यार्थी संघका पूर्व अध्यक्षसमेत हुन्। जापानका विभिन्न विश्वविद्यालयमा सह–प्राध्यापकका रूपमा अध्यापन गरेको अनुभव पनि रहेको छ। उनले नेपाल र नेपालीका लागि जापानका सञ्चार माध्यमद्वारा जापनिज भाषामा बिभिन्न कार्यक्रमहरु चलाउने गर्दथे।सरकारको सिफारिसपछि अब संसदीय सुनुवाइको प्रक्रिया अघि बढ्नेछ। त्यसपछि सम्बन्धित कूटनीतिक प्रक्रिया पूरा भएपछि मात्र राजदूत नियुक्ति औपचारिक रूपमा सम्पन्न हुनेछ। नेपाल–जापान सम्बन्ध, नेपाली समुदाय र जापानी समाजसँग लामो समयदेखि नजिक रहेर काम गरेका थापाको राजदूतमा सिफारिसलाई जापानस्थित नेपाली समुदायले चासोका साथ हेरेको छ।

       यि हुन् १३ देशमा सिफारिस भएका राजदूतहरु

Share
0Shares
Advertisment