नागोया। यति बेला धेरै नेपालीहरु रोजगारीका लागि बिदेश जानेको लर्को नै छ। बिदेशमा राम्रो हुँदा- हुँदैं पनि धेरै कमले मात्र बिदेश छोडेर नेपालमै केहि गरेको देख्न र सुन्न सकिन्छ । त्यसै मध्येका एक जोडी हुन् गौडेल दम्पत्ती । उनिहरु लामो समय देखि जापानको नागोया शहरमा सपरिवार बस्दै आएका थिए। उनिहरु जापानमा केही समय रोजगारी, रेष्टुरेन्ट व्यवशाय तथा अनलाईन व्यवशाय गर्दै आएका थिए। उनिहरुको जापानको स्थायी बसोवास गर्ने एजुकेन भिषा समेत थियो। नेपालबाट बुवा आमाले कति बिदेश मात्र बस्ने हो ? आफ्नै ठाउँमा नै केहि गर्न सकिन्छ भनि रहनु हुन्थ्यो । बुवा आमाको कुरा ठिक लाग्यो अनि नेपाल फर्किएऊ प्रकाश गौडेल बताउछन् । अहिले नेपालमा पनि धेरै अवशरहरु छन्। केबल लाग्नु चाँही पर्छ। अहिले बालबच्चाको लागि स्वास्थ्य शिक्षा पनि गुणस्तरिय छ , करिव सात महिनाको नेपाल बसाईको गौडेल अनुभव सुनाउछन् ।
उनिहरुले गैंडाकोट – २ नयाँ बजार स्थित बिरेन्द्र चोकमा लेडिज एवं बच्चाहरुको लत्ताकपडा एवं उपभोग्य पसल माघ १ गते बाट सञ्चालनमा ल्याएका छन्। चुनरी नाम रहेको उक्त पसलकी सञ्चालिका आरती भन्छिन, बिदेशमा सोचे जस्तो सजिलो छैन। बाहिरबाट देख्दा के-के नै जस्तो देखिन्छ । बिदेश बस्दाको पिडा भोग्नेलाई मात्र थाहा हुन्छ । आफ्नै घर ठाउँमा बरु थोरै कमाई होला , पुगेकै छ । सबै भन्दा ठूलो कुरा सन्तुष्टि हो , हामी सन्तुष्टि छौं आरति बताउँछिन । उनिहरुले थोरै मार्जिन राखेर सामान बिक्री गरेको बताउछन् । यौट्टौं बस्तुमा एकै चोटी धेरै नाफा गर्नु भन्दा हरेक बस्तुमा कम नाफा राखेर धेरै बिक्री गरियो भने त्यो दिगो हुने उनिहरु बताउँछन् ।





