प्रथम ओकिनावा फेस्टिवल नोभेम्वर २० तारिख आयोजना हुने

Share
0Shares

जापानको टापु प्रान्तको रुपमा रहेको ओकिनावामा पहिलो पटक नेपाल फेस्टिवल आयोजना हुने भएको छ ।

राजधानी टोकियो, फुकुओका हुँदै नागोयामा नेपाल फेस्टिवल आयोजना भएकोमा यस बर्षको अन्तिम र पहिलो पटक ओकिनावामा नेपाल फेस्टिवल आयोजना हुने भएको हो ।

ओकिनावावासी नेपालीहरुको साझा आयोजनामा प्रथम ओकिनावा नेपाल फेस्टिवल २०२२ आगामी नोभेम्वर २० तारिख आयोजना गरिन लागिएको आयोजक समितिका सदस्य राहुल शाहले जानकारी दिए।

नेपाल एक देश धेरै चिनारी भन्ने नारा सहित नेपाल तथा जापानको सांस्कृतिक झाँकी प्रस्तुती, नेपाली खाना, नेपाली पहिरन, नेपाली सांस्कृतिक, परम्परागत पहिरन तथा सामग्री प्रदर्शनी सहित नेपालको पर्यटन प्रर्वद्धन गर्ने उदेश्य सहित फेस्टिवल आयोजना गर्न लागिएको शाहले जानकारी दिए।

फेस्टिवलमा जापानी समुदायको सहभागीता बढाउन तथा नेपाल जापान सम्वन्धलाई जनस्तरमा थप मजबुत बनाउन जापानी सांस्कृतिक प्रस्तुतीहरु सहित रक्तदान कार्यक्रम समेत राखिएको बताईएको छ।ओकिनावा नेपाल फेस्टिवल हाल सरोज क्षेत्री, लक्ष्मण ओझा, सुवर्ण लामा, बिजेन रोक्का लगायत आफुहरुको टिमले गरिरहेको शाहको भनाई छ ।

करिव ५ हजार नेपालीहरुको बसोबास रहेको ओकिनावावासी सबैको आयोजनामा स्थानिय संघसंस्थाहरुलाई सह -आयोजक राखेर फेस्टिवल गरिने तय भएको हो।फेस्टिवल ओकिनावाको उमिसोरा कोएन, नाहामा नोभेम्वर २० तारिख आइतबारको दिन बिहान १० बजेबाट साँझ ६ बजेसम्म आयोजना गरिने भएको छ । फेस्टिवल तयारी स्वरुप स्थान बुकिङ्ग गरिएको र स्थानिय संघसंस्थाहरुसँग छलफल र सहकार्य थालिएको फेस्टिवल आयोजक समितिका सरोज खत्रीले जानकारी दिए।

ओकिनावाका मेयर सहित स्थानिय अधिकारीहरुलाई सहभागीताको लागि पत्राचार थालिएको जनाउँदै खत्रीले नेपाली राजदूतावास, गैर आवासिय नेपाली संघहरुसँग पनि सहकार्यबारे छलफल भइरहेको बताए।

Share
0Shares
Advertisment