कुमारी र एनसिसी बैंकको एकीकृत कारोबार पुस १७ गतेदेखि सुरू

Share
0Shares

कुमारी बैंक र नेपाल क्रेटिड एण्ड कमर्स (एनसिसी) बैंकको पुस १७ गतेदेखि एकीकृत कारोबार सुरू हुने भएको छ।

यी दुई बैंक एक आपसमा गाभिएपछि कुमारी बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरू हुन लागेको हो।

दुबै बैंकको मंसर २५ गते बसेको छुट्टाछुट्टै विशेष साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरेका हुन्।

एनसिसी बैंक गाभिने दिनसम्म कायम रहेको सम्पूर्ण सम्पत्ति तथा दायित्व कुमारी बैंकले व्यहोर्ने सकार्ने गरी नेपाल राष्ट्र बैंकले पुस ६ गते मर्जरमा जाने अन्तिम स्वीकृति दिएको हो।

मर्जरपछि बैंकको रजिष्टर्ड कार्यालय हाल कुमारी बैंक लिमिटेडको रजिष्टर्ड कार्यालय रहेको स्थान बागमती प्रदेश, काठमाडौं जिल्ला वडा नं २ टंगालमा हुने कम्पनीले जानकारी दिएको छ।

साथै, डाटा माइग्रेशन प्रयोजनका लागि दुबै कम्पनीको बैंकिङ सेवा पुस १५ र १६ गते बन्द रहने समेत कम्पनीले जनाएको छ।

Share
0Shares
Advertisment