जापानमा नेपालीहरुले संचालन गरेको एभरेष्ट इन्टरनेशनल स्कुल जापानको ब्यवस्थापन समितिको अध्यक्षमा पुनः भवन भट्ट चयन भएका छन् ।
शनिबार स्कुलको सम्पन्न छैठौं अधिवेशनले भट्टलाई दोस्रो पटक अध्यक्षको जिम्मेवारी सुम्पेका हो।
आगामी दुई वर्षको कार्यकालका लागि नवगठित ब्यवस्थापन समितिको अन्य सदस्यहरुमा भूषण घिमिरे, डा. बलाराम श्रेष्ठ, ओम गुरुङ, कमलचन्द्र आचार्य, हवलचन्द्र लामा, सगुन थापा, केशव थापा र कपिलदेव थापा चयन भएका छन् ।





