टोकियो, जापान


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य दीपक बोहोरा तथा प्रतिनिधिसभा सदस्य बसुमाया तामाङ जापान भ्रमणका क्रममा नारिता अन्तर्राष्ट्रिय विमानस्थल आईपुग्दा भव्य स्वागत गरिएको छ। स्वागतका लागी विमानस्थलमा प्रवास नेपाली सम्पर्क विभाग जापानमा प्रमुख दिपक कार्की (केसी), संस्थापक प्रमुख डिलेन्द्र प्रसाद जोशी, उप-प्रमुख भोजेन्द्र सुवेदी, उप-सचिव फणिन्द्र शर्मा, प्रवक्ता अरमन गुरुडग लगाएत समितिका पदाधिकारीहरु एवं रास्वपा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो।

जापान भ्रमणका क्रमका आगामी अगस्ट २ मा टोकियोमा विशेष अन्तरक्रिया तथा भेटघाट कार्यक्रम आयोजना गरिने भएको छ। कार्यक्रम संयोजक तथा प्रवास नेपाली सम्पर्क विभाग जापानमा उप-प्रमुख भोजेन्द्र सुवेदीका अनुसार कार्यक्रम केवल औपचारिक भेटघाटमा सिमित नरही विचार आदान–प्रदान, संगठन सुदृढीकरण तथा प्रवासमा रहेका नेपालीहरूको भूमिका र आगामी कार्यदिशाबारे खुला छलफल गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो।

कार्यक्रममा जापानमा रहेका नेपाली समुदाय, रास्वपाका शुभेच्छुक, समर्थक तथा सरोकारवालाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रममा प्रवासी नेपालीका समसामयिक मुद्दा, संगठन विस्तार, नेपालसँगको सम्बन्ध सुदृढ गर्ने पहल तथा आगामी योजनाबारे सहभागीहरूले आफ्ना विचार र सुझाव प्रस्तुत गर्ने अवसर पाउने प्रवास नेपाली सम्पर्क विभाग जापानमा प्रमुख दिपक कार्की (केसी) ले बताए।कार्यक्रममा जापानमा रहनुभएका नेपाली समुदायलाई सक्रिय सहभागिता जनाई रचनात्मक सुझावसहित उपस्थित हुन प्रवास नेपाली सम्पर्क विभाग जापानमा सचिव कविकिरण न्यौपानेले आग्रह गरेका छन्। कार्यक्रम आगामी अगष्ठ २ तारिक आईतवार दिउसो १ बजेवाट टोकियो स्थित कामता चौतारो हल 5 Chome -21-13 Kamata ,ota city ,Tokyo 144-0052 मा हुने बताईएको छ। कार्यक्रममा प्रवास नेपाली सम्पर्क विभाग – जापान, क्षेत्रीय समिति कान्तो ( टोकियो ) को दोश्रो अधिवेशवबाट निर्वाचित नयाँ कार्य समितिको नामावली समेत घोषणा गरिने बताईएको छ।
Share



