जापानमा दाजुभाइ इभेन्ट्सद्वारा कलाकार तथा पत्रकार सम्मानित

Share
0Shares

नागोया / जापान

जापानको नागोया सहरमा दाजुभाइ इभेन्ट्सद्वारा नेपाली कला, संगीत तथा पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउँदै आएका कलाकार तथा पत्रकारहरूलाई सम्मान गरिएको छ।सम्मानित हुनेहरूमा लोक तथा दोहोरी क्षेत्रका चर्चित कलाकारहरू रामजी खाँड, देवी घर्ती मगर ,टीका सानु सुनिता अधिकारी लगायत रहेका छन्। सोही अवसरमा नेपाली पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय वरिष्ठ पत्रकार कविकिरण न्यौपानेलाई समेत सम्मान गरिएको थियो। न्यौपाने नेपाल पत्रकार महासंघ , जापान साखाका संस्थापक एवं नेपाली मिडिया सेन्टर जापानका पूर्व अध्यक्ष हुन्।

कार्यक्रममा दाजुभाइ इभेन्ट्सका विभिन्न गतिविधिमा सहयोग तथा सहकार्य गर्दै आएका व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो। नेपाली कला, संस्कृति, संगीत र पत्रकारिताको क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूको सम्मानस्वरूप कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रम दाजुभाइ इभेन्ट्सका अध्यक्ष दीपक केसीको अहमक्षतामा सम्पन्न भएको थियो।कार्यक्रममा प्रमुख अतिथिका रूपमा एनआरएनए आईसीसीका पूर्वउपाध्यक्ष गोविन्द श्रेष्ठ तथा विशिष्ट अतिथिका रूपमा जापानमा सामाजिक क्षेत्रमा क्रियाशील डिलाराम खरेलको उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित अतिथिहरू तथा सम्मानित व्यक्तित्वहरूले प्रवासमा नेपाली कला, संस्कृति र संगीतको संरक्षण तथा प्रवर्द्धनका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।

Share
0Shares
Advertisment