जापानमा आफ्नै प्रेमिकाबाट एक नेपालीको हत्या भएको छ।हत्या भएका म्याग्दी जिल्ला घर भैइ पोखरा बस्ने २१ बर्षका बादल छन्त्याल भएको बताँइएको छ। हत्या गर्ने जापानी युवती (३० बर्ष समुह) कि रहेकी छिन्। उनिहरुबीच बिगत १ बर्ष देखी चीनाजानी रहेको देखिएको छ । प्रेम सम्बन्ध असफल भएपछि अन्तमा दुबै जना छुट्ने भनेर अन्तिम भेटका लागि होटल गएको बताईएको छ।जुन होटलमा उनिहरु बिगत केही समय देखी भेट्दै आएका बताईएको छ। आईतवार बिहान ३ बजे सम्म बादल आफ्ना साथीहरुसँग कन्ट्याकमै रहेको बुझिएको छ ।
त्यसपछी उनका दाजु तेजिन छन्त्यालले आईतवार बेलुका ४/५ बजेको आसपासमा मृत अवस्थामा भेटिएको खबर पाए । सोही होटलमा बादलको शरीरमा २ दुई भन्दा बढी पटक छुरा हानिएको र मृतक छन्त्यालका प्रेमिका भनिएका जापानी युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको बताईएको छ । मृतक बादलको पोस्टमार्टम ८ तारिख हुनेभएको छ । छन्त्यालको मृत्यूको कारण हत्या हुन सक्ने सर्बत्र आशंका गरिएको भएता पनि पोष्टमाटम र अनुसन्धान पछि आधिकारिक पुष्टि हुने छ ।

परिवारको ईच्छा अनुसार मृतक छन्त्यालको शव नेपाल पठाईने तैयारी भईरहेको बुझिएको छ । शव नेपाल पठाउन ठूलो धनराशी खर्च हुने भएकोले म्याग्देलीहरुको संस्था मोना जापानले आर्थिक सहयोग उठाउन सुरु गरिसकेको मोना जापानका अध्यक्ष गणेश श्रेष्ठले बताए ।
Share



