टोयोटा / जापान


जापानको टोयोटामा सम्पन्न मैत्रिपूर्ण फुटवल प्रतियोगितामा तोकाई वाटिका ईन्टरनेशनल स्कूल विजयी भएको छ । यो प्रतियोगिता तेश्रो संस्करण हो । आयोजक तोकाई वाटिकाले एनआरएनए क्षेत्रीय समिति नागोयालाई ३ सेट खेल मध्ये २ सेट जीत र १ सेट वरावरी भएको थियो।

प्रतियोगिता पछि पुरस्कार वितरण कार्यक्रममा तोकाई वाटिका ईन्टरनेशनल स्कूलका निर्देशक सुरज काफ्ले , तोकाई वाटिका ईन्टरनेशनल स्कूलका प्रिन्सिपल यादव भूजेल , एनआरएनए क्षेत्रीय समिति नागोयाका संयोजक योमन देवान , एनआरएनए क्षेत्रीय समिति नागोयाका खेलकूद संयोजक नवराज पौडेल लगाएतले मन्तव्य राखेका थिए।

प्रतियोगितामा तोकाई वाटिका ईन्टरनेशनल स्कूलका रिवाज अधिकारी ,आदर्श थापा ,गणेश केसी र कृपन न्यौपाने उत्कृष्ट खेलाडी घोषित भए। त्यस्तै एनआरएनए क्षेत्रीय समिति नागोयाका रोशन गुरुङ र नवराज पौडेल पनि उत्कृष्ट खेलाडी घोषित भएका थिए । खेलको वेष्ट गोल किप्पर भने तोकाई वाटिका ईन्टरनेशनल स्कूलका कविकिरण न्यौपाने घोषित भए।

Share




