टोकियो / जापान
प्रवास नेपाली सम्पर्क विभाग, जापानद्वारा आगामी २०२६ मे ४ तारिखका दिन “शुभकामना आदान–प्रदान तथा BBQ कार्यक्रम” आयोजना गरिने भएको छ। आपसी भेटघाट, संवाद र मनोरञ्जनलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। प्रवास नेपाली सम्पर्क विभाग, जापानका उप- प्रमुख एवं कार्यक्रम संयोजक भोजेन्द्र सुवेदीले जापानमा रहेका नेपालीहरु विच सम्बन्ध प्रगाढ बनाउन कार्यक्रम आयोजना गरिएको बताए।

उक्त कार्यक्रम इचिकावा नदी किनार (Ichikawa River Side) मा बिहान १०:०० बजेदेखि साँझ ५:०० बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा सहभागी भई आपसी सम्बन्ध विस्तार, अनुभव आदान–प्रदान तथा सामूहिक मनोरञ्जनमा सहभागिता जनाउन जापानमा रहेका सम्पूर्ण नेपाली समुदायलाई प्रवास नेपाली सम्पर्क विभाग, जापानका प्रमुख दीपक कार्कीले अनुरोध गरेका छन्।
आयोजकका अनुसार कार्यक्रमले नेपाली समुदायबीच एकता, सहकार्य र आत्मीयता बढाउने विश्वास लिइएको छ। कार्यक्रममा विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक गतिविधिहरू समेत समावेश गरिने बताइएको छ । आयोजकले सबैलाई समयमै उपस्थित भई कार्यक्रम सफल बनाउन आग्रह गरेका छन्।
Share



