दिल्लीको तापक्रम उच्च, जनजीवन कष्टकर बन्दै

Share
0Shares

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्ली र वरपरका क्षेत्रमा वायुको ताप उच्चवृद्धि भएको छ ।

नयाँ दिल्लीसहित गुरुग्राम, घाजिआबाद, नोइदा, फरिदावाद लगायतका ठाउँमा गत बुधबारसम्ममा सामान्य तापक्रम रहेकोमा गत ७२ घण्टामा अत्यधिक तापक्रम वृद्धि भएको छ । मौसम विभागको जानकारी अनुसार बिहीबार बिहानको तापक्रम ३१ डिग्रि सेल्सियस थियो भने शुक्रबार बिहानको तापक्रम बढेर ३२ डिग्री सेल्सियस पुगेको छ।

मार्च महिनाको अन्त्य सम्ममा यस क्षेत्रको तापक्रम ३६ डिग्री सेल्सियस पुग्ने अनुमान मौसमविद्हरुले गरेका छन् । उनीहरुले अप्रिलको दोस्रो हप्तासम्ममा त्यो तापक्रम बढेर ४० डिग्रीसम्म पुग्न सक्ने बताएका छन् । तापक्रम बृद्धिसँगै वायुको गुणस्तर पनि कमजोर हुँदैगएको छ । खस्किएको वायुको गुणस्तर र तापक्रमको बृद्धिले बालबालिका र वृद्धवृद्धाहरूलाई बढी असर पर्ने हुनाले ख्याल गर्न विज्ञहरूले आग्रह गरेका छन् ।

Share
0Shares
Advertisment