स्याङ्जा समाज नागोयाले सेप्टेम्वर १६ तारिक तिज धमाका कार्यक्रम गर्ने

Share
127Shares

नागोया / जापान

नेपाली नारीहरुको महान पर्ब हरितालिका तिजको अवसरमा स्याङ्जा समाज जापान ,नागोयाले नागोया सहरमा “तीज धमाका” कार्यक्रम गर्ने भएको छ।कार्यक्रम सेप्टेम्वर महिनाको १६ तारिक शनिबारका दिन गरिने समाजका अध्यक्ष मित्र सिग्देलले जानकारी दिएका छन् ।

बिगत केही बर्ष एता जापानको नागोया शहरमा नेपालका ख्याती प्राप्त कलाकारहरुलाई आमन्त्रित गरी जापानमा रहेका नेपाली महिला दीदी बहिनीहरुलाई तीजको मनोरन्जन प्रदान गर्दै आईरहेको स्याङ्जा समाज नागोयाले यस बर्ष पनि कोरोनाको कहर पछिको मनोरन्जन कार्यक्रम जापानबासी नेपाली समुदायहरुको तीजको प्यास मेटाउनको लागि नेपालका लोकदोहोरी क्षेत्रका ख्याती प्राप्त बरिष्ठ कलाकारहरुको साथमा स्थानीय कलाकारहरुको प्रस्तुती रहने अध्यक्ष सिग्देलले बताए ।

समाजले कार्यक्रम मनोरन्जनका लागि मात्र नभई आकस्मित रुपमा भैइपरी आउने दैबिक प्रकोप लगायत बिबिध आपत बिपतमा परेकाहरुको उद्दारको लागि “आपतकालीन राहत कोष सहयोगार्थ”गर्न लागिएको कार्यक्रम भएकोले पनि सम्पूर्ण जापानबासी बिशेष गरी महिला दीदी बहिनीहरूलाई भरपूर मनोरन्जन लिन कार्यक्रममा सहभागी हुनु हुनेमा भन्ने पूर्ण रूपमा बिस्वाश लिएको कार्यक्रमका संयोजक राजेन्द्र लम्सालले बताएका छन्।

सेप्टेम्वर महिनाको १६ तारिक शनिबार स्याङ्जा समाज नागोयाले कार्यक्रम गर्ने भएकोले उक्त दिन सबै जनालाई काममा बिदा मिलाउनु हुन र अन्य सम्पुर्ण सँघ – सस्थाहरु तगाएत् आम जनसमुदायहरुमा सो दिनमा कार्यक्रमहरु नजुधाई दिनु भई सहयोह गरिदिनु हुन स्याङ्जा समाज नागोयाका महासचिव मनोज ढुङ्गानाले अनुरोध गरेका छन्।

Share
127Shares
Advertisment