जापानको नागोया र बिराटनगर उपमहानगरपालिका विच भगिनी सम्बन्ध स्थापना गर्ने वारे छलफल

Share
0Shares

नागोया / जापान


नागोया सिटी मेयर Ichiro Hirosawa र जापानका लागि नेपालका कार्यबाहक राजदूत हरिहर कान्त पौडेल बीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।उक्त अवसरमा जापानको नागोया र बिराटनगर उपमहानगरपालिका बीचको भगिनी सम्बन्ध बनाउने विषयमा सार्थक छलफल भएको बताईएको छ।बैठकमा सहभागी एनआरएनए आईसिसि सचिव पारशमणि पोखरेलका अनुसार प्राविधिक जनशक्ति आदान–प्रदान, स्थानीय तहबीच सहकार्य विस्तार, र द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विषयमा सकारात्मक संवाद भएको छ।


सोही अवसरमा गैरआवासीय नेपाली संघ (NRNA) का गतिविधि, भूमिका तथा नेपाल–जापान सम्बन्ध प्रवर्द्धनमा संघले खेल्दै आएको योगदानबारे जानकारी प्रस्तुत गरेको पोखरेलले बताए।

Share
0Shares
Advertisment