जापानको नागोया शहरमा नेपालकै झल्को दिने गरि नेपाल फेष्टिवलको तयारी पुरा , यस्ता छन् फेष्टिवलका आकर्षण

Share
0Shares

नागोया / जापान

जापानको नागोया शहरमा नेपालकै झल्को दिने गरि नेपाल फेष्टिवलको तयारी पुरा भएको आयोजकले जनाएका छन्। यो समाचार तयार गर्दै गर्दा राती अबेर सम्म फेष्टिवल स्थलमा आयोजकहरु अन्तिम तयारीमा जुटेका देखिन्थे । नेपाली कला सँस्कृति, रहनसहन र पर्यटनबारे जापानमा रहेका नेपाली र जापानी नागरिकहरुलाई जानकारी गराउने उद्देश्यले फेष्टिबलको आयोजना गरिएको र फेष्टिबलको सम्पूर्ण तयारी पुरा भएको एनआरएनए नागोयाका निवर्तमान संयोजक एवम् चौंथो नेपाल फेष्टिबल मूल आयोजक समितिका संयोजक  भेषनाथ गौतमले बताए।

राती अबेर सम्म फेष्टिवल स्थलमा अन्तिम तयारीमा जुटेका आयोजकहरु ।

जापानको नागोयामा आगामी मे ३०, ३१ र जुन १ तारिखका दिन “नेपाल फेस्टिभल एण्ड एक्सपो २०२६” भव्य रुपमा आयोजना हुने भएको हो ।नेपाली कला, संस्कृति, पर्यटन, व्यापार तथा नेपालीपनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको उक्त कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपालको मौलिक संस्कृति झल्काउने झाँकी, सांस्कृतिक प्रस्तुति, नेपाली परिकार, पर्यटन प्रवर्द्धन तथा व्यापारिक स्टलहरू रहने एनआरएनए जापान , क्षेत्रीय समन्वय समिति नागोयाका संयोजक योवन देवानले जानकारी दिए।

         फेष्टिवल स्थलमा तयार गरिएको नेपाली घर 

नागोयास्थित एदिओन हिसाया प्लाजा (Edion Hisaya Plaza) मा बिहान १० बजेदेखि राति ८ बजेसम्म सञ्चालन हुने कार्यक्रम सबैका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।कार्यक्रमलाई नेपाली राजदूतावास टोकियो, आइची प्रिफेक्चर सरकार, नागोया सिटी, एआईए (Aichi International Association) लगायत विभिन्न निकायहरूको सहयोग रहेको छ। साथै “Smiles Mobile Remittance” मुख्य इभेन्ट पार्टनरको रूपमा रहेको फेष्टिवलका आर्थिक संयोजक दिपक कार्कीले जानकारी दिए।

नेपाली राजदूतावास टोकियोद्वारा “हेल्प डेस्क” सेवा पनि सञ्चालन गरिने

कार्यक्रम अवधिभर नेपाली राजदूतावास टोकियोद्वारा “हेल्प डेस्क” सेवा पनि सञ्चालन गरिनेछ, जसबाट जापानमा रहेका नेपालीहरूलाई आवश्यक परामर्श तथा सेवा उपलब्ध गराइने बताइएको छ।फेस्टिभलमा नेपालका हिमाल, कला, संस्कृति, धार्मिक सम्पदा तथा पर्यटन क्षेत्रको प्रचार–प्रसार गरिनुका साथै जापानी समुदायलाई नेपाली मौलिकता नजिकबाट चिनाउने लक्ष्य राखिएको छ। आयोजकका अनुसार कार्यक्रममा हजारौं नेपाली तथा जापानी नागरिकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

फेष्टिवलमा हस्तकला विषेश आकर्षण
कार्यक्रममा  जापान र जापान बाहिरबाट एनआरएनए अभियन्ताहरुको उपस्थिति रहने बताईएको छ। चौथो नेपाल फेस्टिवल एवं एक्सपो २०२६ को अर्को आकर्षण भनेको जापान लगाएत विश्वको बिभिन्न देशका हस्तकला माध्यमवाट देश चिनाउने अभियानमा लागेका हस्तकला नेपाली टीमको उपस्थिति रहने बताईएको छ।
               फेष्टिवल स्थलमा तयार गरिएको स्टेज

प्रथम नेपाल फेष्टिवलका संयोजक पारशमणि पोखरेल , दोश्रो नेपाल फेष्टिवलका संयोजक दिपक कार्की , तेश्रो फेष्टिवलका संयोजक देव घिमिरे र हालका नेपाल फेष्टिवलका संयोजक क्रमश भेषनाथ गौतम ।

Share
0Shares
Advertisment