राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा पशुपति शर्मा निर्वाचित भएका छन् । महोत्तरीको बर्दिबासमा जारी महाधिवेशनमा उनी निर्विरोध निर्वाचित भएका हुन् ।प्रतिष्ठानको यो नावौं महाधिवेशन हो । बिहीबारबाट सुरु महाधिवेशनमा मनोनयन दर्ता हुँदा अध्यक्षका लागि शर्माको मात्र उम्मेदवारी परेको थियो । यसअघि उनी वरिष्ठ उपाध्यक्ष थिए ।
यस्तै वरिष्ठ उपाध्यक्षमा दीपक खड्का, प्रथम उपाध्यक्षमा सुवास केसी तथा द्वितीय उपाध्यक्षको सांगठनिककतर्फ राजु ढकाल र प्रशासनिकतर्फ रमेशराज भट्टराई निर्विरोध भएका छन् । महासचिवमा शिव हमाल निर्विरोध निर्वाचित भए ।





