नागोया/ जापान

जापानको आइची–नागोयामा जारी २०औँ एसियन खेल (Aichi-Nagoya 2026) मा नेपालबाट सहभागी भई राष्ट्रको प्रतिनिधित्व गरेका नेपाली खेलाडी, पदाधिकारी तथा पत्रकारहरूको सम्मान तथा बिदाइ कार्यक्रम आयोजना हुने भएको छ।गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान, क्षेत्रीय समन्वय परिषद् नागोयाको आयोजनामा आगामी अक्टोबर ३ तारिख शनिबार साँझ ५ बजे नागोया इन्टरनेसनल सेन्टरमा विशेष सम्मान तथा बिदाइ कार्यक्रम आयोजना गरिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान, क्षेत्रीय समन्वय परिषद् नागोयाका सचिव सागर थापा बगालेले जानकारी दिए।

कार्यक्रममा एसियन खेलमार्फत नेपालको राष्ट्रिय गौरव र प्रतिष्ठा बढाउन योगदान पुर्याएका खेलाडी, पदाधिकारी तथा पत्रकारहरूलाई सम्मान तथा आगामी यात्राका लागि शुभकामना व्यक्त गरिने आयोजकले जनाएको छ।एनआरएनए नागोयाका संयोजक योमन देवानले नेपाली खेलाडी, पदाधिकारी तथा पत्रकारहरूको योगदान प्रति सम्मान, कृतज्ञता व्यक्त गर्न कार्यक्रम आयोजना गरिएको हुँदा समय मिल्ले सबै नेपाली समुदायलाई उपस्थितिको लागी अनुरोध गरेका छन्।
Share



