जापान / स्याङ्जा समाज जापान, नागोयाले नागोयामा नोभेम्बर २७ तारिकका दिन बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ । जापान सरकारको रक्तदान सम्बन्धी निती नियमको पालना गर्दै जापानको ( नागोया सि नाका कु साकाय ३ – १५ – ३३ साकाय गासु बिरु को ९ तल्लामा ) रक्तदान कार्यक्रमको आयोजना गरिएको छ।
“रक्तदान जीवन दान “हो भन्ने मान्यतालाई आत्मसाथ गरेर समाजले रक्तदाताहरूको सूची तयार लगायतका बिभिन्न तयारी भईरहेको समाजका महासचिव एवं कार्यक्रम संयोजक मनोज ढुंगानाले जानकारी दिएका छन् ।

जापानमा कोभिड – १९ कोरोनाले गर्दा रक्तदान कार्यक्रमहरु कम भएका र रगतको संकलनको मात्रामा कमि देखिएकोले रगतको व्यवस्थापनमा सहयोग गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष निशान रानाले बताए ।
कोरोनाको महामारी केही हद सम्म कम भएकोले समाजले आयोजना गरेको वृहत रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गरिदिनुहुन सम्पूर्ण नागोयाबासी नेपाली दाजुभाइ दिदीबहिनीहरुमा समाजले अनुरोध गरेको छ । बिहान ११ बजे देखी बेलुका ५ बजेसम्म रक्तदान कार्यक्रम हुने भएकोले कार्यक्रममा सहभागी भै रक्तदान गरिदिनका लागि समाजका उपाध्यक्ष मित्र सिग्देलले आग्रह गरेका छन ।
बिरामी परेर पछिल्लो ३ दिन यता कुनै पनि औषधि सेवन नगरेको, महिलाको हकमा महिनावारीको समय नभएको , कोरोना लागी पुर्ण निको भएकोहरूले रक्तदान गर्न सकिने बताईएको छ । समाजले सबैमा रक्तदान गरि मानविय कार्यमा सहयोग पुऱ्याउनु हुन अनुरोध गरेको छ ।
समाजले बिगतका दिनहरुमा पनि बिभिन्न सामाजीक गतिबिधीहरु गर्दै आईरहेको छ ।
Share



