चन्द नेतृत्वको नेकपालाई सहयोग गर्ने कसैलाई छाडिन्न : संचारमन्त्री बाँस्कोटा

Share
0Shares

काठमाडाैं । सरकारले नेत्र विक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सहयोग गर्ने जो कोहिलाई पनि कारबाही गर्ने भएको छ ।

बिहीबार सिंहदरबारमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संगठित अपराध गरेकाले विप्लव समूहमाथि प्रतिबन्ध लगाउनु परेको भन्दै विप्लव’ समुहसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न हुने जोकसैलाई कारवाही गरिने चेतावनी दिनुभयो । संविधान कार्यान्वयन गर्न, जनताको लामो संघर्षबाट आएको लोकतन्त्रलाई खलल पु¥याउँदै नेकपाले केही समययता अपराधिक तथा विध्वंसात्मक कार्य गर्दै आएको उहाले बताउनुभयो । अपहरण धम्की, बम विस्फोट, जनजीवनमा त्रास फैलाउने, कर्मचारी र जननिर्वाचित प्रतिनिधिलाई धम्की दिने गरेको भन्दै सरकारले उसका गतिविधिमा प्रतिबन्ध लगाएको मन्त्री बाँस्कोटाले स्पष्ट पार्नुभयो ।

त्यसैगरी मन्त्रिपरिषदको बैठकले भारतका लागि नेपालका आवासीय राजदूत निलाम्बर आचार्य र अमेरिकाका लागि नेपालका आवासीय राजदूत डा. अर्जुनकुमार कार्कीलाई नेपाल सरकारको मन्त्रीसरह मर्यादा कायम गर्ने निर्णय गरेको छ । बैठकले सरकारी सार्वजनिक जग्गा हिनामिना सम्बन्धी छानबीन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने पनि निर्णय गरेको छ ।

त्यस्तै बिभिन्न प्रशारणलाइन निर्माणका लागी वन क्षेत्र प्रयोग गर्न दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । सरकारको नाममा रहेको र रेडियो नेपाललाई मोही कायम गरिएको ललितपुर नगरपालिका १ खुमलटारस्थित ११८ रोपनी जग्गामा सूचना प्रविधि सम्बन्धी उद्योग वा ब्यवसाय स्थापना गर्नका लागि सूचना पार्क स्थापना गर्ने निर्णय प्रवक्ता बास्कोटाले जानकारी दिनुभयो ।

Share
0Shares
Advertisment