आइसियु थप्न त्रिशूली अस्पतालालाई स्थानीय तहको दश लाख

कोरोना सङ्क्रमित बिरामीलाई अहिले आइसियु शय्या अत्यावश्यक रहेकाले शय्या थप्न किस्पाङ गाउँपालिकाले रु दश लाख तत्कालै र अपुग भए पछि थप्ने गरी सहयोग गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिनुभयो ।

Share
0Shares

त्रिशूली, ६ जेठ । नुवाकोटको त्रिशूली अस्पतालमा सघन उपचार कक्ष (आइसियु) शय्या थप गर्न यहाँका स्थानीय तहले आर्थिक सहयोग उपलब्ध गराउन थालेका छन् । कोरोना सङ्क्रमित बिरामीलाई अहिले आइसियु शय्या अत्यावश्यक रहेकाले शय्या थप्न किस्पाङ गाउँपालिकाले रु दश लाख तत्कालै र अपुग भए पछि थप्ने गरी सहयोग गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिनुभयो ।

त्रिशूली अस्पतालमा हाल छ शय्याको आइसियु, चार एचडियु र ६ वटा भेन्टिलेटर सञ्चालनमा छ ।

नुवाकोट सहित रसुवा र धादिङका बिरामीलाई सेवा दिदै आएको त्रिशूली अस्पतालमा हाल कोरोना सङ्क्रमित बिरामीको चाप बढेसगैँ दश शय्याको आइसियु थप्नको लागि प्रक्रिया अघि बढाइएको अस्पताल व्यवस्थापन तथा विकास समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले जानकारी दिनुभयो । यस क्षेत्रका स्थानीय तह, जिल्ला समन्वय समिति र प्रदेश तथा सङ्घीय सांसद्मार्फत आर्थिक श्रोत जुटाउन पहल थालिएकोमा किस्पाङ गाउँपालिकाको तर्फबाट गरिएको यो पहिलो सहयोग हो ।

Share
0Shares
Advertisment