विक्रम सम्बत १९४२ मा मोतिराम भट्टले भारतवाट गोर्खाभारत जीवन नामक नेपाली भाषाको पहिलो पत्रिका प्रकाशित गरेका थिए । मोतीरामले शुरु गरेको यो अभियान नै प्रवासी पत्रकारिताको इतिहास हो । यो अभियानले एक सय ३३ वर्ष पार गरिसक्यो । यो क्रमसंगै प्रवासबाट अझ उच्च प्रविधिका साथ नेपाली संचारमाध्यमहरु प्रकाशित भएका छन् । समयको फड्कोसंगै प्रवासबाट निस्केका संचारमाध्यमहरु जति प्रविधिजन्य छन्, संख्यात्मक हिसाबले पनि उत्तिकै बढि छन् । यो घटेको छैन, झन् बढेको छ । जसले गर्दा प्रवासिने नेपालीहरु यिनै संचारमाध्यमका कारण आफ्नो सूचना पाउने अधिकारबाट वञ्चित हुन पाएका छैनन् ।
विश्वका कुना कुनामा साप्ताहिक, मासिक र पाक्षिकका रुपमा नेपाली पत्र पत्रिकाहरु प्रकाशित भइरहेका छन । अझ नेपाली समाचारका वेवसाइड बाक्लिदो छ । नेपाली पत्रकारहरू स्वदेशमा मात्रै होइन, विदेशमा पनि ह्वात्तै बढेका छन् । यो फराकिलो दायराले नेपालमा मात्रै होइन, विदेशमा पनि नेपाली पत्रकारिताको भूमिकालाई बढाएको छ । अनि प्रवासबाट प्रवासीका लागि समेत गरिने पत्रकारिताको महत्व झनै बढि छ ।
प्रवासी पत्रकारिताले यहा“ रहेका नेपालीलाई सुसूचित गर्ने मात्रै काम गरेको छैन, नेपालीहरुलाई एकापसमा जोड्ने काम पनि गरेको छ । नेपाली भाषालाई विदेशमा पनि प्रवद्र्धन गरेर नेपाल नेपालीलाई एकापसमा बा“ध्ने काम गरेको छ । विदेशमा नेपालीहरुको गतिविधीको प्रचार र नेपाली र्सस्कृतिको जगेर्ना गर्नमा प्रवासी पत्रकारिताले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकाले यसको रक्षार्थ सबै एकजुट हुनु आजको आवश्यकता पनि हो ।
नेपालमा लामो समयसम्म पत्रकारिता गरिरहेका केहि पत्रकारहरु अहिले विविध कारणबश विदेशमै छन् । आफ्नो पेशा नै छाडेर पत्रकारहरू विदेश हिड्नु पक्कै पनि राम्रो नभएपनि देशमा लामो समय पत्रकारिता गर्दा समेत आफ्नो जीवनस्तर उकास्न नसकेको नैराश्यताले काम गरेको कुरालाई नकार्न पनि सकिदैन । त्यसैले सम्वद्ध निकायले पत्रकारहरूको पेशागत सुरक्षणलाई ध्यान दिन सकेमा नेपाली पत्रकारहरु नेपालकै माटोमा पत्रकारितासंग रमाइरहेका हुन्थे होलान् । यसबारेमा सबैले गम्भीरतापूर्वक विमर्श गर्न आवश्यक छ ।
पत्रकार महासंघको भूमिका
पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ हो । महासंघले नेपाली पत्रकारहरुलाई गोलवन्द गर्ने काम पनि गरेको छ । तर जसरी नेपालमै रहेका पत्रकार र यहा“का सञ्चारमाध्यमहरुको पेशागत सुरक्षाका लागि महासंघले भूमिका खेल्छ, प्रवासमा रहेका पत्रकार र पत्रकारिताका लागि महासंघले उल्लेखनीय भूमिका खेलेको पाइदैन । नेपालमै पत्रकारिता गरेर विदेश आएको भएपनि सम्बन्धित मुलुकले विदेश आएको नेपाली पत्रकारलाई आफ्नो मुलुकमा रहि पत्रकारिता गर्ने अधिकार नदिएको र उसको भीसाको स्थितिले पनि नेपाल पत्रकार महासंघ प्रवासी पत्रकारका विषयमा मौन भएको हुनसक्छ । तर आन्तरिक रुपमै भएपनि आफ्ना सदस्यलाई भविष्यमा पत्रकारिता पेशामा टिकाइराख्न अहिलेदेखि नै नेपाल पत्रकार महासंघले कुनै कसुर चाहि बा“कि राख्न हु“द्रैन । अहिले भने नेपाली पत्रकारहरू विदेश होमिने क्रमस“गै विदेशमै पनि नेपाल पत्रकार महासंघ गठन हुन थालेको छ । नेपाल पत्रकार महासंघका अनुसार विश्वका ८ वटा मुलुकमा नेपाल पत्रकार महासंघका शाखाहरू विस्तार भैसकेका छन् । त्यसरी शाखा विस्तार भएका मुलुकहरूमा कोरिया, मलेसिया, पोर्चुगल, अष्ट्रेलिया, अमेरिका, जापान, दुबई र कतार रहेका छन् । कुनै पनि मुलुकमा बैधानिकरूपमा बसोबास गर्ने १५ नेपाली पत्रकारहरू भएमा नेपाल पत्रकार महासंघको शाखा खोल्न पाउने प्रावधान नेपाल पत्रकार महासंघको विधानमा रहेको छ ।
जापानको नेपाली पत्रकारिता
सन् १९५६ सेप्टेम्बर १ तारिकका दिन नेपाल र जापानबीच औपचारिक कूटनैतीक सम्बन्ध स्थापना भएपश्चात आपसी सम्बन्धका विविध पक्षहरुमा विस्तार हुदै गएको छ । सन् १९६५ मा जापानमा आवासीय नेपाली राजदूतावासको स्थापना भयो । त्यसपछि सन् १९६८ मा काठमाडौंमा पनि आवासीय जापानी राजदूतावासको स्थापना भयो । नेपालसंग सम्बन्ध कायम भएपछि जापान सरकारले नेपालको क्षमता विकास र पूर्वाधार निर्माणमा ध्यान केन्द्रीत गरेको इतिहास छ । जापानी श्रमबजारमा नेपालीहरुको उपस्थिति पनि राम्रो छ । जापानमा फस्टाउ“दो नेपाली व्यवसाय र नेपाली कामदार, पढ्न आएका विद्यार्थी र यहाँको पर्यटनसँग रमाउन आउने नेपालीका कारण आज हरेक जापानीले हरेक नेपालीलाई चिनिरहेका छन् । अहिलेको अवस्थासम्म आइपुग्दा जापान र नेपाललाई विभिन्न माध्यमबाट जोड्ने काम भईरहेको छ ।
जापानमा वैध÷अवैध रुपमा रहेका करिब एक लाख नेपालीमध्ये सबैजसोले उत्तिकै महत्वका साथ यी मिडियालाई प्रयोग गर्छन् । जापानमा रहेका नेपाली संघसंस्था, दुतावास र अन्य व्यावसायीले पनि आफ्ना गतीविधि र विज्ञापन दिन पर्यो भने यसैलाई प्रयोग गर्छन् । जसले गर्दा उनीहरु व्यावसायिक पत्रकारितामा पनि अगाडि बढ्ने प्रयासमा छन् । तर पत्रकारिताको मर्म र धर्म निर्वाह गर्ने क्रममा जापानका सबैजसो नेपाली मिडिया चुकेका छन् भन्दा गल्ती पटक्कै हुनेछैन । लगभग गल्ती सबैको देखिएको छ । जसका कारण फस्टाउँदै गएको नेपाली पत्रकारितालाई आम जनताले बुझ्ने दृष्टिकोण पनि बदलिएको छ ।
सबै देशमा छरिएर रहेका प्रवासी नेपालीले सञ्चालन गरेका पत्रकारिताका बारे जान्दाजान्दै उल्लेख गरेर यहाँ साध्य छैन । यसैले आउनुस्, पहिलो चरणमा जापानबाट सञ्चालित नेपाली पत्रकारिताबारे कुरा गरौं । भुषण घिमिरेले नेपाली समाचार पाक्षिक प्रकाशन गरिरहेका छन् । यसअघि यो पत्रिका साप्ताहिक रुपमा प्रकाशित थियो । नेपाल पत्रकार महासंघ जापानका अनुसार अहिले जापानमा २० वटा अनलाइन र एउटा छापा पत्रिका नियमित रुपमा सञ्चालित छ ।
बढ्दो कपीपेष्ट
सबैको समस्या एउटै हो, कपीपेष्ट पत्रकारिताको निरन्तरता । अब त हामीलाई यस्तो लाग्दैछ, नेपालमा मुलधारका मिडिया एक हप्ता मात्रै बन्द हुने हो भने पनि यसरी सञ्चालित प्रवासी मिडिया समेत समाचारको अभावमा बन्द हुन बेर लाग्दैन ।
यसो भनिरहँदा प्रवासमा पत्रकारिता गरिरहेकाले कपीपेष्ट मात्र गरिरहेका छन् भन्न पनि मिल्दैन । सम्बन्धित देशमा बसिरहेका नेपालीका गतीविधि र परोपकारी पत्रकारितामा पनि उनीहरु संलग्न छन् । तर उनीहरुले दिने यस्ता समाचार निकै कम छन् । नेपालमै पत्रकारिता गर्दागर्दैै जापान पुगेकाहरु पनि अनलाइन या छापामाध्यमबाट पत्रकारिताको पेशागत अस्तित्व धान्ने प्रयासमा देखिएको छ । जापान पुगेर पत्रकार बन्ने पनि यसरी नै अनलाइन चलाएकाहरु छन् । उनीहरु पत्रकारितालाई माध्यम बनाएर अरु नै काममा संलग्न छन् । जापानमा संचालित नेपाली मिडियाहरुलाई नेपालको प्रेस काउन्सिल, आचारसंहिता र प्रशासनले छुन सकेको छैन । उनीहरु कुनै सरकारी निकायमा दर्ता भएका पनि छैनन् । पत्रकार बन्नका लागि चाहिने योग्यता, अनुभवको लेखाजोखा भएको पाइदैन । यसो भएपछि त्यहाँका मिडियाले नेपालमा झैं सेवा, सुविधा र सहुलियत पाउने कुरा पनि भएन । यद्दपि जापानमा पनि पत्रकार महासंघको शाखा छ । यसैले कपीपेष्ट पत्रकारिताले जापानमा पनि प्रश्रय पाएको रहेछ भन्ने लाग्छ । अधिकांश प्रवासी पत्रिकाले आफैं समाचार उत्पादन गर्नुको साटो नेपालका अनलाइन एवं अन्य सञ्चारमाध्यमका समाचार सामग्रीहरू हुबहु सार्ने गरेको पत्रकारिता क्षेत्रका विज्ञहरुको को बुझाइ छ । विशेष गरी अन्य सञ्चारमाध्यमका समाचार ‘कपी–पेष्ट’ गर्ने हरकतलाई नियमन गर्ने उपायको खोजी हुनु जरुरी भइसकेको छ ।
उपयोग गरौँ
जापानमा बसेर नेपाली पत्रकारिता गर्नुको दुःख आफ्नो ठाउँमा छ । यो दुःख देखाएर गल्ती गर्दै जाने भन्दा पनि सवल र सक्षम पत्रकारिता गर्नतर्फ उन्मुख हुनु उत्तिकै आवश्यक हो । समस्या अहिले जापानमा मात्र छैन । अन्य देशमा यसरी पत्रकारिता गरिरहेकाले पनि जापानकै सिको गर्छन् । अब भने सकेसम्म आफ्नै श्रोत र साधनबाट जति सकिन्छ त्यति समाचार उत्पादन गरेर पाठकसम्म पुर्याउन सके पत्रकारितामा आउन चाहने नयाँ ‘जेनेरेसन’ लाई फाइदा पुग्नेछ । यति सकिदैन र अरुबाटै समाचार नल्याइ मिडिया चल्न सक्दैन भने कमसेकम समाचारको श्रोत उल्लेख गरी ‘वाइलाइन क्रेडिट’ त दिनप¥यो नि । यससंगै भइरहेको गल्ती सम्बन्धमा आम पाठकसंग क्षमा मागि स्वतन्त्र र निर्भिक समाचार खोज्न आप्mनै स्रोत साधन उपयोग गर्न जरुरी छ, जापानमा प्रवासी पत्रकारिता जमाउनका लागि ।
( लेखक सापकोटा नेपाल पत्रकार महासंघ जापानका पूर्व उपाध्यक्ष हुनुहुन्छ । )





