रास्वपा, जापानद्वारा महाधिवेशन स्थलमा सरसफाई

Share
0Shares

भरतपुर / चितवन

रास्वपा निकट प्रवास नेपाली सम्पर्क विभाग – जापानद्वारा रास्वपा महाधिवेशन स्थलमा सरसफाई  कार्यक्रम सम्पन्न गरेको छ। महाधिवेशन स्थलको परिसर र मूल गेट अगाडी विहानै रास्वपा जापानको टिम सरसफाईमा जुटेको हो।जापानमा आफ्नो फोहर मैला निश्चित ठाँउमा राखिन्छ तथा आफैले व्यवस्थापन गर्ने गरिन्छ । तर महाधिवेशन अगाडी पहिले देखिका फोहरहरु समेत रहेकाले सरसफाईमा जुटेको जापानमा रास्वपा सर्मपित प्रवास नेपाली सम्पर्क विभाग – जापानका सचिव कविकिरण न्यौपानेले बताए।

जापानबाट महाधिवेशनमा १०जना प्रतिनिधीहरु रहेका छन्।जापानबाट आएका प्रवास विभाग जापानका साथीहरू मिलेर महाधिवेशन स्थल वरिपरि रहेका प्लास्टिक, बोतल, फोहोर, मैला तथा अन्य फोहोरजन्य सामग्री संकलन गरी सरसफाइ गरिएको प्रवास नेपाली सम्पर्क विभाग जापानका दिपक कार्कीले बताए।

महाधिवेशनमा सहभागी सम्पूर्ण प्रतिनिधि, अतिथि तथा विभिन्न जिल्ला, प्रदेश, केन्द्र र प्रवासबाट आउनुभएका सबै साथीहरूलाई आफूले प्रयोग गरेका प्लास्टिक, बोतल तथा अन्य फोहोर जथाभावी नफालौँ, सकेसम्म आफैंले उचित व्यवस्थापन गरौँ वा साथमै फर्काएर लैजाऔँ कार्कीले भने।हामी सबैको सानो प्रयासले महाधिवेशनलाई सफा, स्वच्छ, सभ्य र वातावरणमैत्री बनाउन ठूलो योगदान पुग्नेछ । आउनुहोस्, हामी सबै मिलेर स्वच्छ, सफा र अनुकरणीय महाधिवेशन सफल बनाऔँ कार्कीको भनाई छ।

Share
0Shares
Advertisment