नेपाल मगर संघ जापान तोकाईद्वारा भुम्या पर्वको अवशरमा BBQ कार्यक्रम आयोजना

Share
0Shares

नागोया, जापान 

नेपाल मगर संघ जापान क्षेत्रीय समिति तोकाई–नागोयाले मगर समुदायको प्रमुख सांस्कृतिक भुम्या पर्वको अवशरमा विशेष बनभोज (BBQ) कार्यक्रम आयोजना गर्ने भएको छ।

संघले विभिन्न संघसंस्था तथा समुदायका अगुवाहरूलाई कार्यक्रममा उपस्थितिका लागि आग्रह गरेको हो।कार्यक्रम आगामी २०२६ जुन १४ तारिख आइतबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने नेपाल मगर संघ जापान, क्षेत्रीय समिति तोकाई–नागोयाका सचिव रेख बहादुर थापामगरले बताए।

कार्यक्रम नागोयास्थित SHONAI ROKUCHI PARK मा आयोजना गरिनेछ।नेपाल मगर संघ जापान तोकाई–नागोयाले आयोजना गर्न लागेको उक्त कार्यक्रमले जापानमा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, एकता तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको नेपाल मगर संघ जापान, क्षेत्रीय समिति तोकाई–नागोयाका रोशन थापा मगरले बताए । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिको समेत व्यवस्था गरिने बताइएको छ।

Share
0Shares
Advertisment