नागोया / जापान


जापानको नागोया शहरमा लोकप्रिय नेपाली गायक सुजन चापागाईंका तथा उनका ब्यान्ड The Infinityको सांगीतिक कार्यक्रमको तयारी पुरा भएको आयोजकले जनाएको छ। आयोजक मध्येका मिलन तमाङ्ग (थोक्कर) का अनुसार कार्यक्रमको तयारी पुरा भएको छ।“Smiles Music Tour 2026” अन्तर्गत आयोजना हुने उक्त कार्यक्रम आगामी २४ मे २०२६ मा सम्पन्न हुँदै छ।कन्सर्टमा सुजन चापागाईंका चर्चित गीतहरू लाइभ प्रस्तुत गरिनेछन् भने दर्शकले ऊर्जावान ब्यान्ड प्रस्तुति पनि हेर्न पाउनेछन्।कार्यक्रमको टिकट प्रारम्भिक (Early Bird) टिकट ५ हजार येनमा सीमित संख्यामा उपलब्ध गराइएको छ भने सामान्य टिकट ६ हजार येन निर्धारण गरिएको छ। टिकट अनलाइनमार्फत www.yomanwave.com बाट खरिद गर्न सकिनेछ वा पोस्टरमा रहेको QR कोड स्क्यान गरेर पनि बुक गर्न सकिने जनाइएको छ।कार्यक्रमको शीर्ष प्रायोजन “Smiles Mobile Remittance” र “Smiles Connect” ले गरेका छन्।
कन्सर्टकै अवशरमा सुजन चापागाईंले आफ्नो नयाँ श्रृजना ‘गाजले सुनचरी’ समेत लोकार्पण गर्ने बताएका छन्। उनले आफ्नो फेसवुक पेज मार्फत भनेका छन् , प्रीय दर्शक श्रोताहरु नमस्कार ! म त गीत संगीतकै दुनियामा छु तर मेरो गीत रिलिज नभएको भने झण्डै १ बर्ष पुगि सकेछ । यो बीचमा हजुरहरुले सोध्नु भएको प्रश्न ‘हजुरको अर्को गीत कहिले आउछ?’ को उत्तर बल्ल दिने जमर्को मिल्यो । मैले हजुरहरु समक्ष पेश गर्न लागेको गीत ‘गाजले सुनचरी’ यहि मे महिनाको २४ तारिक यानकी जेष्ठ १० गते आईतबारका दिन जापानमा हुन गैइ रहेको मेरो सांगितिक यात्राको मौकामा नागोया शहरको कार्यक्रमका बीच लोकार्पण गर्ने मनशाय राखेको छु उनले भने।
उनका अनुसार ‘गाजले सुनचरी’ एक बेफिक्रि घुम्न मन पराउने चरा हो। म पनि घुमी रहन मन पराउने मनुवा ,मलाई यकिन छ तपाई पनि घुमी रहन मन पराउनु हुन्छ । यो पटक अनेक-अनेक यात्रीमनहरुमा समर्पित छ उनले भनेका छन्।
Share



