टोकियोको १२ तले भवनमा आगलागी : ११ जना घाइते

Share
0Shares

टोकियो फायर डिपार्टमेन्टले बेलुका ४:२० बजेपछि घटनाको जानकारी प्राप्त गरेको बताएको छ। स्थानीय समय अनुसार निशी-शिन्जुकु सबवे स्टेशन नजिकैको व्यस्त व्यावसायिक र किनमेल क्षेत्रमा रहेको १२ तले भवनमा दिँउसो आगलागी भएको थियो।

आगलागीबाट तेस्रो र चौथो तल्लाको करिब ५० वर्ग मिटर जलेर नष्ट भएको छ भने धुवाँको मुस्लोका कारण ११ जना घाइते भएका छन् ।

भवनको एउटा कोठामा लागेको आगो करिब दुई घण्टापछि निभाइएको थियो । दुर्घटनाको कारणबारे महानगरीय प्रहरी कार्यालय र अन्य निकायले अनुसन्धान गरिरहेका छन् ।

Share
0Shares
Advertisment