धादिङ समाज नागोया, जापान द्वारा बनभोज तथा BBQ कार्यक्रम गर्ने

Share
63Shares

पछिल्लो समय हाम्रो धादिङ बाट अध्ययन तथा रोजगारीको लागी जापान आउने क्रम बढ्दो छ। धादिङ तथा नेपालको जुनसुकै ठाउँ बाट जापान आउनु हुने सबैलाई जोड्ने उद्देश्यले जुलाई १२ तारिक शनिबारको धादिङ समाज जापान,टोकाई नागोया द्वारा बनभोज BBQ कार्यक्रम गर्न भएको छ।आपसी मेलमिलाप, सद्भाव र रमाइलोको माहोलमा एकआपसलाई नजिक बनाउन कार्यक्रम आयोजना गरिएको धादिङ समाज नागोयाका सचिव राजकुमार गुरुङ्गले बताए।

कार्यक्रममा नागोया मिई वरिपरिका सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बैहिनी हरुमा समय मिलाएर उपस्थितिको लागी धादिङ समाज नागोयाका संयोजक सन्तोष भुजेलले अनुरोध गरेका छन्।

Share
63Shares
Advertisment