नागोया (जापान)


स्याङ्जा समाज जापानको आयोजनामा १५औँ वार्षिक साधारण सभा तथा क्षेत्रीय भेला आगामी चैत १५ गते (मार्च २८, २०२६) नागोयामा आयोजना हुने भएको छ। स्याङ्जा समाज जापानका उपाध्यक्ष मित्र सिग्देलका अनुसार कार्यक्रम दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रम नागोयास्थित Nagoya International Center मा हुने जनाइएको छ।
कार्यक्रममा प्रवासी नेपाली समुदायका विभिन्न व्यक्तित्वहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।स्याङ्जा समाज जापानका अध्यक्ष वेद कार्कीले कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण स्याङ्जाली तथा नेपाली समुदायलाई अनुरोध गरेका छन्। त्यस्तै, नागोया क्षेत्रीय व्यवस्थापन समितिका अध्यक्ष मनोज ढुङ्गानाले कार्यक्रम व्यवस्थापनको तयारी पुरा भएको बताए।
समाजका महासचिव सागर मणि न्यौपानेका अनुसार, उक्त सभा मार्फत वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुका साथै आगामी योजनाहरू तय गरिनेछ। साथै, जापानका विभिन्न क्षेत्रमा रहेका स्याङ्जालीहरूको आपसी समन्वय र एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले क्षेत्रीय भेला पनि आयोजना गर्न लागिएको हो।कार्यक्रमले जापानमा रहेका नेपाली समुदायबीच सहकार्य, सम्बन्ध विस्तार र सामाजिक एकता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
Share



